लौरो टेकेरै बाग्लुङ सिसाखानीमा पुगे नेता पौडेल
बाग्लुङ – देश निर्वाचनमा होमिसकेको छ । बागलुङमा पनि उम्मेदवारहरु गाउँ गाउँ र बस्ती बस्तीमा पुगेर मतदातासॅग भोट माग्न व्यस्त छन् ।
यतिबेला आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा एउटै गठबन्धन बनाएर चुनावमा अगाडी बढेका छन् ।
निर्वाचनलाई लक्षित गर्दै मंगलबार नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा क्षेत्र नं २ का प्रतिनिधिसभाका साझा वामपन्थी उमेद्वार देवेन्द्र पौडेल लठ्ठी टेकेरै बागलुङको बिकट ठाउँ बडिगार्ड गाउँपालिका वडा न ३ सिसाखानीमा पुगे । मोटर बाटोको असुबिधाका कारण करिब २ घण्टाको पदैल यात्रामा लठ्ठीको भरमा हिडेरै चुनावीसभालाई सम्बोधन गर्न उनी त्यहॅा पुगेका हुन् ।
‘स्थानीय बासीहरुले धेरै दुख पाएको रहेछ तपाईंको माझमा आएको छु जिताएर सिसाखानीको मुहार फेर्न पक्कै मलाई जिताउनुहुनेछ आसावादी छु ।’ उनले भने ।
कार्यक्रममा नेकपा एमाले समानुपातिक उमेदवार मोहनलाल शर्मा बागलुङ जिल्ला समन्वय समितिका उपसयोजक बिष्णु भुषाल युवा नेता भिमसेन वन माओवादी केन्द्र केन्द्रीय आयोजक समिति सदस्य राजिव घिमिरे पोलिटव्युरो सदस्य बि बि खराल नेकपा एमाले संघिय मामिला तथा स्थानीय बिकाश बिभाग केन्द्रिय सदस्य सुनिल शेरचन नेकपा एमाले प्रदेश ४ का सदस्य प्रदिप खरेल नेकपा एमाले जिल्ला कमिटी सदस्य शान्ति अधिकारी लगाएतले मन्तव्य राखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै