काँग्रेसलाई बहुमत कहिल्यै पँचेन : हिराचन्द्र केसी
तुलसीपुर – वाम गठवन्धनकातर्फबाट दा∙ क्षेत्र नम्वर ३ प्रतिनिधिसभाका उम्मेदवार हिराचन्द्र केसीले नेपाली काँग्रेसले ३ पटक वहुमत ल्याएर पनि केही गर्न नसकेकाले फेरि वहुमतको अपेक्षा गर्नु निरर्थक भएको वताएका छन् ।
‘काँग्रेसले २०१६ मा वहुमत ल्यायो, प्रजातन्त्र राजालाई वुझायो, ४८ मा ल्यायो तीन वर्ष पनि टिकेन , ५६ पनि ल्यायो अनि त्यो पनि राजालाई वुझायो’ केसीले भने । उनले जनताले समृद्धि खोजेको र त्यसलाई वाम गठवन्धनले मात्रै पुरा गर्न सक्ने वताए ।
सुकुम्वासीका समस्यालाई गम्भिरतापुर्वक लिएको वताउँदै कोही पनि ऐलानी जग्गामा वस्न नपरोस् भन्नका लागि आफुले पहल गर्ने वताए । तुलसीपुर उपमहानगरपालिका ७ शिवनगरमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै क्षेत्र नम्वर ३ क का उम्मेदवार जगप्रसाद शर्मा अपारले नेपाली जनताको समृद्धिको सपना पुरा गर्नका लागि आफु कटिवद्ध भएर लाग्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ