उखु मिलका महाप्रबन्धकलाई किसानले लिए नियन्त्रणमा
रौतहट – श्रीराम शुुगर मिललाई उखुु दिनका लागि किसानलाई जानकारी दिन गएका मिलका उखुु महाप्रबनधक चन्द्रशेखर तिवारी, र्फम ईन्चार्ज रामकिशोर शिंहलगायत सवार ना२च ६५०१ नम्बरको जिपलाई किसानहरुले नियन्त्रणमा लिएका छन् ।
लक्षमिनिया, दुुधिअवा, हनुुमानगन्जमा मिलको काँटाबाट करिब १ करोड २५ लाख रुपैयाँ उखुुको बक्यौता रकम पछिल्लो ४ बर्षदेखि भुुक्तानी नदिएको कारण आक्रोशित किसानहरुले गाडी र कर्मचारी घेराउ गरेको हो ।
किसानलाई उद्योगीले मात्र ठगी गरीरहेकाले बाध्य भई गाडी सहित कर्मचारी नियन्त्रणमा लिएको एकजना किसान शिवशंकर यादवले बताए ।
महाप्रबन्धक तिवारीले बक्यौता ं तिर्दैजाने र अब लिने उखुुको रकम १५ दिन भित्र भुुक्तानी गर्ने बताए पनि किसानहरु मानेका छैनन् ।
पटक पटक मिलमा तालाबन्दी, मिल प्रशासन बिरुद्ध आन्दोलन गर्दै आएको भए पनि उधोगपतिले वास्ता न गरेको उखुु उत्दापक संघ रौतहटका अध्यक्ष अशोक यादवले जानकारी दिए । ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरिक्षक धर्म मुडभरीले दुुबैपक्ष बीच छलफल भईरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन फेरि पक्राउ, पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप