शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उखु मिलका  महाप्रबन्धकलाई किसानले लिए नियन्त्रणमा

मङ्गलबार, २८ कात्तिक २०७४, २० : ३४
मङ्गलबार, २८ कात्तिक २०७४

रौतहट – श्रीराम शुुगर मिललाई उखुु दिनका लागि किसानलाई जानकारी दिन गएका मिलका उखुु महाप्रबनधक चन्द्रशेखर तिवारी, र्फम ईन्चार्ज रामकिशोर शिंहलगायत सवार ना२च ६५०१ नम्बरको जिपलाई  किसानहरुले नियन्त्रणमा लिएका छन् ।

लक्षमिनिया, दुुधिअवा, हनुुमानगन्जमा मिलको काँटाबाट करिब १ करोड २५ लाख रुपैयाँ उखुुको बक्यौता रकम पछिल्लो ४ बर्षदेखि भुुक्तानी नदिएको कारण आक्रोशित किसानहरुले  गाडी र कर्मचारी घेराउ गरेको हो ।


 किसानलाई उद्योगीले मात्र ठगी गरीरहेकाले बाध्य भई गाडी  सहित कर्मचारी नियन्त्रणमा लिएको एकजना  किसान शिवशंकर यादवले बताए ।
महाप्रबन्धक तिवारीले बक्यौता ं तिर्दैजाने र अब लिने उखुुको रकम १५ दिन भित्र भुुक्तानी गर्ने बताए पनि किसानहरु मानेका छैनन् ।

पटक पटक मिलमा तालाबन्दी, मिल प्रशासन बिरुद्ध आन्दोलन गर्दै आएको भए पनि उधोगपतिले वास्ता न गरेको उखुु उत्दापक संघ रौतहटका अध्यक्ष अशोक यादवले जानकारी दिए । ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरिक्षक धर्म मुडभरीले दुुबैपक्ष बीच छलफल भईरहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप