बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरको औद्योगिक क्षेत्रमा भीषण आगलागी

मङ्गलबार, २८ कात्तिक २०७४, १९ : ४२
मङ्गलबार, २८ कात्तिक २०७४

ललितपुर । ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । 

मंगलबार साँझ भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । प्रहरीका अनुसार त्यहाँ रहेको प्लास्टिक उद्योगमा आगलागी भएको कारण आगो नियन्त्रणमा ल्याउन असहज भइरहेको छ ।

वारुण यन्त्रहरु त्यहाँ पुगेर आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत स्थानीय मिलेर आगलागी नियन्त्रणमा खटिएका छन् ।

के कारणले आगलागी भएको भन्ने खुल्न सकेको छैन । त्यस्तै, क्षतिको विवरण पनि आएको छैन ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप