शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शर्मा साझामा फर्केपछि कर्मचारीले पाए तलब

मङ्गलबार, २८ कात्तिक २०७४, १९ : १७
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौं – व्यवस्थापन र कर्मचारीबीचको विवादका कारण अस्तव्यस्त साझा प्रकाशनका कर्मचारीले विगत तीन महिनापछि तलब सुविधा पाएका छन् । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र प्रसाद शर्मा शिक्षा मन्त्रालयबाट बर्खास्तीमा परेपछि अदालतबाट  ‘स्टे अर्डर’ पाएर फर्किए लगत्तै दशैँको बेलामा समेत तलब नपाएका कर्मचारीले तीन महिनापछि मात्रै तलब खान पाएका हुन् ।  

शर्मा फर्किएपछि पुराना कर्मचारीले दुई महिनाको र करारमा कार्यरत कर्मचारीले एक महिनाको तलब सुविधा पाएका छन् । दशैँको मुखैमा तलब खानेबेलामा अध्यक्ष शर्मा र पुराना कर्मचारीबीच साझामा विवाद बढेपछि भ्रष्टाचार मुद्धामा मन्त्रालयले शर्मालाई बर्खास्त गरेको थियो ।

 शर्मा बर्खास्तमा परेपछि साझामा पुराना कर्मचारी होम भट्टराईलगायत केहीले व्यापारबाट संकलित पैशा खातामा जम्मा नगरी आफूहरुले चलाएको र प्रेसमा काम गर्ने मजदुरलाई समेत तलब नदिएको गुनासो कर्मचारीहरुले गर्दै आएका थिए । ‘शर्मा पनि बर्खास्तमा परेपछि साझामा आएनन्, होम भट्टराईहरुले त्यसको जिम्मेवारी लिन्छौँ भनेर हामीलाई आश्वासन दिएका थिए,’ ती कर्मचारीले भने ‘तर, पछि उनीहरुले दशैँको बेलामा त्यो तलब बाँडेर खाएछन्, हामीले त तीन महिनादेखि तलब नै पाएनौँ ।’

शर्मा बर्खास्तमा परेपछि कर्मचारीहरु दिनभरी जसो साझाको चौरमा घाम तापेर समय बिताउने गरेका थिए । आफूलाई अन्याय भएको भन्दै शर्माले आफ्नो बर्खास्तीविरुद्ध सर्वोच्चमा रिट दायर गरेपछि अदालतले शिक्षा मन्त्रालयसँग बर्खास्त गर्नुपर्ने कारण माग गरेको थियो । मन्त्रालयले कारण पेश गरेपछि शर्माले भ्रष्टाचार गरेको ठहर गर्ने कुनै आधार नभएको भन्दै काममा फर्किन आदेश दिएको थियो । आदेश पाएपछि काममा फर्किएका शर्मा र उनीविरुद्ध लबिङ गरिरहेका भट्टराईबीचको तिक्तता भने अझै साम्य भएको छैन । शर्मा बर्खास्त भएपछि आफै भट्टराईले अब आफैं प्रशासन प्रमुख भएको भन्दै गतिविधि गरिरहेका थिए । 

प्रशासन प्रमुखका रुपमा कार्यरत रत्नज्योती हमाल भट्टराईले आफ्नो काममा हस्तक्षेप गरेपछि अफिस नआउने भन्दै बिदा लिएर बसेकि थिइन् । शर्मा फर्किएपछि हमाल पनि काम फर्किएकि छन् भने भट्टराईले उक्त जिम्मेवारीमा आफूले काम गर्न पाउनु पर्ने भन्दै दाबी छोडेका छैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप