शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुनाव नजिकिदै जाँदा गुल्मीमा राहदानी बनाउनेको सँख्या ह्वात्तै बढ्यो

मङ्गलबार, २८ कात्तिक २०७४, १९ : १४
मङ्गलबार, २८ कात्तिक २०७४

प्रेम सुनार

गुल्मी – यता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिदै गर्दा गुल्मी जिल्लामा भने राहदानी बनाउने युवाहरुको लाम लागेको छ ।  पछिल्लो चार महिनाको अवधीमा गुल्मीमा राहदानी बनाउनेको संख्या  ह्वातै बढेको जनाएको छ ।  श्रावण मशान्तदेखि कार्तिक २६ गतेसम्म सरदर दैनिक २५  जनाका दरले राहदानी लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालय दशै विदा सकिएपछि र तिहार विदा सकिएपछि विहान आठ वजे देखि साँझ ८ वजेसम्म पनि प्रशासनमा  खट्नु परेको थियो भन्छन् । प्रजिअ अर्यालयका अनुसार असार मषान्तदेखि कार्तिक २५ गतेसम्म ८३ लाख  ९३ हजार राहदानीबाट राजश्व संकलन भएको छ । 

  जिल्ला प्रशासनकी लेखापाल सुष्मा मरासीनीका अनुसार श्रावण महिनामा १८ लाख १५ हजार राहदानीबाट राजश्व संकलन भएको थियो । भाद्र महिनामा १३ लाख २० हजार , दशैं ताका आश्विन महिनामा ह्वात्तै बढेर २७ लाख ५ सय राजश्व संकलन भएको थियो ।
 
 कार्तिक १ गते देखि २८ सम्म २४ लाख ३० हजार ५ सय राजश्व संकलन भएको थियो । दैनिक १ लाखदेखि २ लाख ८० सम्म राजश्व संकलन भएको  छ । आश्विन २२ गतेका दिन गत एकवर्षको अवधीमासम्म सवैभन्दा धेरै जनाले राहदानी लिएका थिए ।

  उक्त दिन सवै भन्दा बढि २ लाख ७० हजार ५ सय राजश्व संकलन भएको थियो । कम्तीमा पनि एक दिनमा राहदानीबाट एकलाख भन्दा कम नहुठेको  प्रजिअ अर्यालय बताउँछन् । राहदानी फाँट प्रमुख भुवन बस्नेतका अनुसार देश विदेशमा आफन्तले बोलाएर भेट्न विदेश जाने बृद्ध बृद्धाहरुको संख्या पनि बढ्दै गएको छ । 

  आमाले घर छाडेर  विदेश हिडेका तीन चारवर्षका वालवालिका समेत राहदानी बनाएर अभिभावक मार्फत विदेश जाने गरेका छन् ।  करिव ५ प्रतिशत आफन्त भेट्न र सिमित समयका लागि घुम्न जानेहरु रहेको पाईएको छ । प्रशसनले दिएको राजश्वको विवरण अनुसार मासिक ५ सय  जना युवाहरु गुल्मीबाट वैदेशिक रोजगारमा जाने गरेको आंकलन गर्न सकिन्छ ।

 
गाउँ गाउँमा पनि शहरिया लवाई खुवाई र वसाईको लहर चलेको छ । प्राय प्रत्येकको घरमा व्यवस्थि भान्छा कोठा सहितको ग्याँस चुलो,  टेवुल कुर्चि, अलग अलग सत्ने कोठा र आकर्षक  वैठक कक्ष समेत रहन थालेका छन् । टेलिभिजन र ईन्टरनेटको पहुँचमा समेत ग्रामिण  वस्ती रहँन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप