चुनाव नजिकिदै जाँदा गुल्मीमा राहदानी बनाउनेको सँख्या ह्वात्तै बढ्यो
प्रेम सुनार
गुल्मी – यता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिदै गर्दा गुल्मी जिल्लामा भने राहदानी बनाउने युवाहरुको लाम लागेको छ । पछिल्लो चार महिनाको अवधीमा गुल्मीमा राहदानी बनाउनेको संख्या ह्वातै बढेको जनाएको छ । श्रावण मशान्तदेखि कार्तिक २६ गतेसम्म सरदर दैनिक २५ जनाका दरले राहदानी लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालय दशै विदा सकिएपछि र तिहार विदा सकिएपछि विहान आठ वजे देखि साँझ ८ वजेसम्म पनि प्रशासनमा खट्नु परेको थियो भन्छन् । प्रजिअ अर्यालयका अनुसार असार मषान्तदेखि कार्तिक २५ गतेसम्म ८३ लाख ९३ हजार राहदानीबाट राजश्व संकलन भएको छ ।
जिल्ला प्रशासनकी लेखापाल सुष्मा मरासीनीका अनुसार श्रावण महिनामा १८ लाख १५ हजार राहदानीबाट राजश्व संकलन भएको थियो । भाद्र महिनामा १३ लाख २० हजार , दशैं ताका आश्विन महिनामा ह्वात्तै बढेर २७ लाख ५ सय राजश्व संकलन भएको थियो ।
कार्तिक १ गते देखि २८ सम्म २४ लाख ३० हजार ५ सय राजश्व संकलन भएको थियो । दैनिक १ लाखदेखि २ लाख ८० सम्म राजश्व संकलन भएको छ । आश्विन २२ गतेका दिन गत एकवर्षको अवधीमासम्म सवैभन्दा धेरै जनाले राहदानी लिएका थिए ।
उक्त दिन सवै भन्दा बढि २ लाख ७० हजार ५ सय राजश्व संकलन भएको थियो । कम्तीमा पनि एक दिनमा राहदानीबाट एकलाख भन्दा कम नहुठेको प्रजिअ अर्यालय बताउँछन् । राहदानी फाँट प्रमुख भुवन बस्नेतका अनुसार देश विदेशमा आफन्तले बोलाएर भेट्न विदेश जाने बृद्ध बृद्धाहरुको संख्या पनि बढ्दै गएको छ ।
आमाले घर छाडेर विदेश हिडेका तीन चारवर्षका वालवालिका समेत राहदानी बनाएर अभिभावक मार्फत विदेश जाने गरेका छन् । करिव ५ प्रतिशत आफन्त भेट्न र सिमित समयका लागि घुम्न जानेहरु रहेको पाईएको छ । प्रशसनले दिएको राजश्वको विवरण अनुसार मासिक ५ सय जना युवाहरु गुल्मीबाट वैदेशिक रोजगारमा जाने गरेको आंकलन गर्न सकिन्छ ।
गाउँ गाउँमा पनि शहरिया लवाई खुवाई र वसाईको लहर चलेको छ । प्राय प्रत्येकको घरमा व्यवस्थि भान्छा कोठा सहितको ग्याँस चुलो, टेवुल कुर्चि, अलग अलग सत्ने कोठा र आकर्षक वैठक कक्ष समेत रहन थालेका छन् । टेलिभिजन र ईन्टरनेटको पहुँचमा समेत ग्रामिण वस्ती रहँन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर