शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांँग्रेस उमेदवारले देवघाट बृद्धबृद्धाको आशिर्बाद लिएर शुरु गरे घरदैलो अभियान

मङ्गलबार, २८ कात्तिक २०७४, १९ : ०६
मङ्गलबार, २८ कात्तिक २०७४

चितवन – नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यले आज पवित्र तीर्थस्थल देवघाटधामबाट घरदैलो अभियान शुरु गरे । 

शिक्षा राज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार शेषनाथ अधिकारी र प्रदेशसभा सदस्य उम्मेदवार जितनारायण श्रेष्ठले देवघाटस्थित लक्ष्मीनारायण मन्दिरमा पूजा गरी घरदैलो अभियान शुरु गरेका हुन् । 
भरतपुर महानगरपालिका–१ स्थित देवघाटमा रहेका वृद्धवृद्धाको आर्शिवाद लिँदै घरदैलो अभियान सुरु गरिएको शिक्षा राज्यमन्त्री अधिकारीले बताए ।

घरदैलो कार्यक्रमपछि मन्त्री अधिकारीले देवघाटलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिने बताए ।

प्रदेशसभा सदस्यका उम्मेदवार नेका चितवनका सभापति जितनारायण श्रेष्ठले बाँदर नियन्त्रणका लागि देवघाट क्षेत्र विकास समितिसँग समन्वय गरी अघि बढ्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप