शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेस नेता गिरीले दिए प्रदेश ५ को राजधानी दाङ बनाउने आस्वासन

मङ्गलबार, २८ कात्तिक २०७४, १८ : ५४
मङ्गलबार, २८ कात्तिक २०७४

शरद रेग्मी
काठमाडौं – नेपाली काग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले आफ्नो जित सुनिश्चीत रहेको बताएका छन् । आफुले क्षेत्र नम्वर ३ मा गरेको विकासका कारणले गर्दा पनि  यहाँका जनताले आफुलाई बिजयी गराउने उनले बताए ।

 आज क्षेत्र नम्वर ३ को श्रीगाउँमा भएको चुनावीसभालाई सम्वोधन गर्दै प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका गिरीले अहिलेको चुनाव बिकास र समृद्धि रोज्ने वा झुटा आश्वासन रोज्ने भन्ने रहेको बताए । 

उनले बिकास र देश समृद्ध भएको हेर्न चाहानेहरुले काँग्रेसलाई मतदान गर्नुपर्ने बताए ।  गिरीले आफुले पश्चिम दाङ बासी जनताका लागि धेरै काम गरेको भन्दै निर्धक्क भएर मतदान गर्न आग्रह समेत गरे । बाम गठवन्धनका नाममा कम्युनिष्टहरुले मुलुकमा अधिनायकबाद लाद्ने दुस्प्रयास गरिरहेको आरोप लगाउँदै नेता गिरीले गठवन्धनसंग सचेत रहन आम मतदाताहरुलाई आह्वान समेत गरे । 

 सो अवसरमा गिरीले दाङ जिल्ला प्रदेश नम्वर ५ को राजधानी बन्नेमा ढुक्क रहन आग्रह समेत गरे ।  काग्रेस सभापति देउवा दाङलाई राजधानी बनाउनका लागि सहमत रहेको भन्दै शंका नर्गन आग्रह  गरे । त्यसैगरि चुनावीसभालाई सम्वोधन गर्दै क्षेत्र नम्वर ३ प्रदेश ख का उम्मेदवार वुद्धिराम भण्डारीले पश्चिमबासीको बिकासको चाहनालाई पुरा गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले काँग्रेसले जित्ने निश्चित भएको भन्दै काँग्रेसले जिते दाङ राजधानी बन्ने समेत धारणा राखे । भण्डारीले कम्युनिष्टहरुले मिठा कुरा गरेर जनतालाई भ्रमित पारीरहेको बताए । त्यस्तै, नम्वर ३ प्रदेश क का उम्मेदवार डिल्ली बहादुर चौधरीले कम्युनिष्टहरुको गठवन्धले काँग्रेसलाई कुनै फरक नपार्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप