निर्वाचनमा खटिने कर्मचारीको तीन लाखको बीमा
काठमाडौँ – निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही रु तीन लाखको बीमासहित अन्य उपचारको व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगका अनुसार बीमा अवधिभर कर्तव्यपालनाको सिलसिलामा घाइते भएमा उपचार गर्दा लागेको बिल बमोजिमको रकम र मृत्यु भएमा प्रतिव्यक्ति रु २० लाख पाउने व्यवस्था छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ मा आयोग पदाधिकारी तथा आयोग र सो अन्तर्गत कार्यरत कर्मचारी एंव मुख्य÷निर्वाचन अधिकृतको कार्यलय र मतदान केन्द्रमा खटिने कर्मचारीले उक्त सुविधा पाउनेछन् ।
निर्वाचन स्वयंसेवक, निर्वाचन शिक्षामा खटिने कार्यकर्ता÷मतदाता शिक्षा स्वयंसेवक, मतदाता शिक्षा सुपरीवेक्षक, जिल्ला तालिम समन्वयकर्ता र निर्वाचन अनुगमनकर्ताले समेत उक्त सुविधा पाउने व्यवस्था गरिएको छ ।
त्यसैगरी निर्वाचनको घुम्ती टोलीमा खटिने कर्मचारी, मतगणनामा खटिने कर्मचारी, मतदान केन्द्र पुनरावलोकनमा खटिने कर्मचारी, निर्वाचन सामग्री व्यवस्थापनमा खटिने कर्मचारी र निर्वाचन विज्ञले पनि सो सुविधा पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा