बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एन आई सी एशिया बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा

मङ्गलबार, २८ कात्तिक २०७४, १८ : १९
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौं – एन आई सी एशिया बैंकको नयाँ शाखा प्युठानमा पनि विस्तार भएको छ । प्युठान न.पा. वडा नं. ४, जुम्री, स्थित जुम्री शाखा समारोहका बीच प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष  ज्ञ्यामुराम न्यौपानबाट उद्घाटन गरिएको थियो ।

शाखा सञ्जाल, एटिएम संख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेका जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप