माछापुछ्रे बैंक र हेफर इन्टरनेसनल विपन्न बर्गमा कर्जा प्रवाह गर्न सम्झौता
काठमाडौं – बैंकले विपन्न बर्गमा कर्जा प्रवाह गर्ने सम्बन्धमा साना किसान, युवा स्वरोजगार, महिला उद्यम जस्ता क्षेत्रहरुमा लगानी गर्ने नीति अनुरुप यूकेएडद्वारा संचालित सक्षम एक्सेस् टु फाईनान्स् परियोजनासँग सहकार्य गरिरहेकोमा सोही परियोजना अन्तर्गत दाङ्गका कृषि तथा महिला उद्यमीलाई बिना धितो कर्जा प्रवाह गर्न बैंकले हेफर इन्टरनेसनल नेपालसँग सम्झौता गरेको छ ।
उतm सम्झौतापछि बैंकले हेफर इन्टरनेसनल नेपालको सहकार्यमा लमही दाङ्गका चारवटा विभिन्न सहकारी संस्था मार्फत कर्जा प्रदान गर्ने छ । विपन्न परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले संचालन हुने उक्त कार्यक्रमले कृषक तथा महिलाहरुको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने विश्वास बैंकले लिएको छ ।
बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७३ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार