बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘लिटिल मिस क्विन २०१७’ मा नेपालकी विशेषता

मङ्गलबार, २८ कात्तिक २०७४, १७ : ५४
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौं – ‘लिटिल मिस क्विन इन्टरनेशनल २०१७’मा नेपालको प्रतिनिधित्व बिशेषता बुढाथोकीले गर्ने भएकी छन् । ब्राजिलको साउपाउलो शहरमा आगामी ६ देखि १२ डिसेम्बरसम्म आयोजना हुने प्रतियोगीताको उनी नै नेपालको पहिलो सहभागी हुन् । 

यस अगाडि ‘लिटिल मिस वल्र्ड युनिभर्स’मा सहभागी बिषेशताले सो प्रतियोगीताबाट ‘लिटिल मिस प्लानेट’ र ‘लिटिल मिस ट्यालेन्ट उपाधी’ नेपाल भित्र्याउन सफल भएकी थिइन् ।

‘चाइल्ड आइकन २०१७’की बिजेता समेत रहेकी बुढाथोकीले विस्वको मोडलिङमा आफ्नो स्थान बनाउने उदेश्यले प्रतियोगीतामा भाग लिन लागेको बताइन् । 
राजधानीमै रहेको जोन डेवे स्कुल कक्षा पाँचमा अध्यायनरत १० बर्षिया बुढाथोकीलाई इप्लानेट नेपालले प्रतियोगीतामा पठाउन लागेको हो ।

४१ देशका बाल सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीतामा बुढाथोकीले डिजाइनर उत्तम बनेपालीले तयार पारेका बिभिन्न कल्चरल ड्रेस समेत प्रस्तुत गर्नेछिन् । 

कोरियोग्राफर रोजिन शाक्यको आकर्षक ग्रुमिङ क्लास सहित बिषेशता कार्यक्रम सहभागी हुन लागेको इप्लानेटका अध्यक्ष सन्तोस सापकोटाले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप