शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छुट्टाछुट्टै तिन सवारी दुर्घटनामा नवलपरासीमा ४ को मृत्यु

मङ्गलबार, २८ कात्तिक २०७४, १७ : ५१
मङ्गलबार, २८ कात्तिक २०७४

परासी–नवलपरासीको तिनवटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । जिल्लको र्हाइवे र भित्री सडक खण्डमा ३ ठाउँमा दुर्घटना हुँदा आज ४ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज विहान ६ बजेको समयमा नम्बर नखुलेको पिकप भ्यानले पुर्वपशिम राजमार्ग अन्तर्गत जिल्लाको सुनवल नगरपालिका १२ भुमही चोक स्थित मर्निङ्गवाल्क गरिरहेकि एक महिलालाई ठक्कदिँदा उक्त महिलाको मुत्यु भएको प्रहरी जनाएको छ ।
 पिकप भ्यानको ठक्कर लागी मृत्यु हुनेमा सुनवल नगरपालिका १२ भुमही बस्ने ६५ बर्षिय गंगापाण्डे रहेको प्रहरीले जनाएको छ । मृतक पाण्डेलाई ठक्कर दिने पिकपको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
यता आजै दिउँसो १२ बजेको समयमा पुर्वपश्चिम राजमार्ग अन्तर्गत नै सुनवल नगरपालिका १३ बडेरा चोक स्थित पश्चिमबाट पुर्व तर्फ गईरहेको लु १ ख ९८०८ नम्बरको यात्रुबाहक बसले विपरित दिशाबाट आउदै गरेको लु ३४ प ५०७९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालक र स्कुटी सवार दुबैको जिल्ला पृथ्वीचन्द्र अस्पताल परसीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मुत्यु हुनेमा स्कुटी चालक जिल्ला रुपन्देहीको देवदह नगरपालिका ५ खैरेनी बस्ने ३० बर्षिय बिजय केसी र स्कुटी सवार देवदह ८ भलुही बस्ने २६ बर्षिय एलिजा खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटीलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै दिउँसो एउटा टिप्परको ठक्करले एक साईकल यात्रीको पनि मुत्यु भएको छ । परासीबाट सुनवल तर्फ जादै गरेको बा २ ख ४८९० नम्बरको टिप्परले सुनवल नगरपालिका २ बतरौली चोक स्थित स्थानिय एक साईकल यात्रीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । 
दुर्घटनामा परि मृत्यु हुने सुनवल २ बतरौली नै बस्ने २१ बर्षिय भरत सुबेदी रहेको प्रहरी जनाएको छ । दुर्घटनामा परि गम्भीर घाईते भएका सुबेदीको लुम्बिनी अन्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक सुबेदीलाई ठक्कर दिने टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप