शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकतालाई अब कुनै तागतले रोक्न सक्दैन : प्रचण्ड

मङ्गलबार, २८ कात्तिक २०७४, १७ : ०७
मङ्गलबार, २८ कात्तिक २०७४

चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको निर्वाचन दश दिन रोकिएको भए एमाले र माओवादीबीच चुनावअघि नै पार्टी एकता भइसक्ने बताएका छन् ।
मंगलबार भरतपुरको दिव्यनगरमा आयोपजित चुनावी सभालाई सम्बोधन गर्दै पुर्व प्रधानमनत्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘सर्वाेच्च अदालतमा निर्वाचन प्रभावित गर्ने मुद्दा दर्ता भएपछि कांग्रेसका नेताहरु पनि चुनाव नगर्नेबारे गरिरहेका थिए । त्यसपछि केपी ओलीजी र मैले कुरा गर्याैं, चुनाव रोकियो भने पहिला पार्टी एकता गर्ने तयारीमा हामी थियौं ।’ दश दिन मात्रै चुनाव रोकिएको भए दुवै पार्टीका केन्द्रीय समिति भङ्ग गर्ने, महाधिवेशन आयोजक समिति बनाउने, पार्टी एकता गर्ने र एउटै चिन्हबाट चुनाव लड्ने  तयारी रहेको योजना प्रचण्डले सुनाए ।  ‘तर, चुनाव रोकिएन अहिले हामी चुनावकै व्यस्ततामा छौं । चुनाव लगत्तै हामी पार्टी एकता गर्छौं र नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउँछौं । ’ अब पनि कसैले पार्टी एकता हुँदैन कि भन्ने ठान्छ भने त्यो भ्रम मात्र हुने भन्दै उनले एकतालाई अब कुनै तागतले रोक्न नसक्ने बताए । 
‘मैले सहमति अनुसार नै प्रधानमन्त्रीबाट राजीनामा दिएँ, देउवाजीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरे’प्रचण्डले भने,‘संसदमा देउवाजीले प्रचण्डजी तपाईं राजनेता हो भन्नुभयो ।  के उहाँले प्रधानमन्त्री पदकै लागि मलाई राजनेताको पगरी दिनुभएको हो ? होइन भने चितवन जस्तो जिल्लामा राजावादी पार्टीलाई कांग्रेस सुम्पेर उहाँले के गर्न खोज्नुभएको हो ? मैले बुझ्न सकेको छैन । लोकतन्त्रका लागि लडेको पार्टीले राजावादीलाई समर्थन गरेर उहाँहरुले बिपी, गणेशमान र गीरिजाबाबूको अपमान गरिरहनु भएको छ ।’
एमाले–माओवादी गठबन्धनले देशमा राजनीतिक स्थिरता कायम हुने प्रचण्डले बताए । उनले भने,‘माओवादी एमाले एकता अधिनायकवादका लागि होइन, राजनीतिक स्थिरताका लागि हो, विकासका लागि हो, समृद्धि र समाजवादका लागि हो ।  हामी कम्युनिष्टहरु लोकतान्त्रिक शक्ति हौं । शान्तिपूर्ण प्रतिस्पर्धाको हाम्रो निष्ठामाथि प्रश्न उठाउनेहरु देशमा अस्थिरता निम्ताउने शक्तिहरु मात्र हुन् ।’
अध्यक्ष प्रचण्ड चुनावी अभियानका क्रममा मंगलबार भरतपुरका १७, २ र २० नम्वर वडामा आयोजित दर्जनौ सभाहरुमा सम्बोधन र घरदैलो गरेका थिए । अभियानका क्रममा राप्रपा र कांग्रेस परित्याग गरि करिव ५०० कार्यकर्ता बाम गठबन्धनमा प्रवेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप