बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुकुम, रोल्पा र भोजपुरपछि म्याग्दीमा बम आतंक

मङ्गलबार, २८ कात्तिक २०७४, १६ : ४९
मङ्गलबार, २८ कात्तिक २०७४

म्याग्दी–म्याग्दीको बेनी नगरपालिका १ अर्जममा मंगलबार दिउँसो नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरेर माइन बम विस्फोट गराईएको छ ।

रत्नेचौरमा चुनावी आमसभा सकेर बेनी नगरपालिका १ अर्जममा घरदैलो लागि हिँडेका काग्रेसका प्रतिनिधि सभाका उम्मेदवार खम्बीर गुर्वजा सहितको टोलीलाई लक्षित गरेर बम बिस्फोट भएको थियो ।

रत्नेचौर प्रहरी युनिट घटनास्थल विस्फोट भएको ठाउँमा पुग्दा मानवीय क्षती नभएको तर, सवारी साधनमा सामान्य क्षेती पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । 

सो प्रचार  टोलीमा लोकतान्त्रिक गठबन्धनका  प्रदेश  क्षेत्र नम्बर क का उम्मेद्वार भिमप्रसाद गौचन, जिल्लाका बरिष्ठ नेता र कार्यकता पनि रहेको थिए । घटना लगत्तै रत्नेचौर प्रहरी युनिट र भुकण्डेको  सशस्त्र प्रहरीको सुरक्षा जनशक्ति बढाएको जिल्ला प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले जानकारी  दिईन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप