रुकुम, रोल्पा र भोजपुरपछि म्याग्दीमा बम आतंक
म्याग्दी–म्याग्दीको बेनी नगरपालिका १ अर्जममा मंगलबार दिउँसो नेपाली कांग्रेसको चुनावी प्रचार टोलीलाई लक्षित गरेर माइन बम विस्फोट गराईएको छ ।
रत्नेचौरमा चुनावी आमसभा सकेर बेनी नगरपालिका १ अर्जममा घरदैलो लागि हिँडेका काग्रेसका प्रतिनिधि सभाका उम्मेदवार खम्बीर गुर्वजा सहितको टोलीलाई लक्षित गरेर बम बिस्फोट भएको थियो ।
रत्नेचौर प्रहरी युनिट घटनास्थल विस्फोट भएको ठाउँमा पुग्दा मानवीय क्षती नभएको तर, सवारी साधनमा सामान्य क्षेती पुगेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।
सो प्रचार टोलीमा लोकतान्त्रिक गठबन्धनका प्रदेश क्षेत्र नम्बर क का उम्मेद्वार भिमप्रसाद गौचन, जिल्लाका बरिष्ठ नेता र कार्यकता पनि रहेको थिए । घटना लगत्तै रत्नेचौर प्रहरी युनिट र भुकण्डेको सशस्त्र प्रहरीको सुरक्षा जनशक्ति बढाएको जिल्ला प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले जानकारी दिईन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा