शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् जसले गौचनमाथि गोली बर्साए (फोटोफिचर)

मङ्गलबार, २८ कात्तिक २०७४, १६ : १८
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।

यसरी पक्राउ पर्नेमा राजीव स्याङतान, सिर्जे महतो, मुकेश पाण्डे, सन्तोष गुरुङ र कैलाश गुरुङ रहेका छन् । 

घटनामा संलग्न मनोज पुन, समिरमानसिंह बस्नेत, लोपसाङ लामासहित अन्य आठ फरार रहेका छन् ।

पक्राउ परेका मध्ये राजीव स्याङतानले गौचनमाथि गोली प्रहार गरेका थिए । २१ वर्षीय स्याङतान नुवाकोटका वासिन्दा हुन् ।

त्यस्तै, ३५ वर्षीया शिवजीले हतियार र मोटरसाइकलको व्यवस्थापन गरेका थिए ।

विहारका २४ वर्षीय मुकेश पाण्डेले हतियार दिलाएका थिए भने पर्साका सन्तोष गुरुङले मोटरसाइकल दिएका थिए ।

पक्राउ पर्ने मध्येका कैलाश गुरुङले पनि हत्यामा सहयोगीको भूमिका खेलेको बताइएको छ ।

गत असोज २३  गते  गौचनको वानेश्वरमा दिनदहाडै गोली प्रहार गरी हत्या  भएको थियो । 

काठमाडौंको शान्तिनगर, खरिबोटस्थित घरबाट निस्केर अलि पर पुगेका गौचनमाथि दुईजना व्यक्तिले गोली हानी भागेका थिए । 

गौचन चढेको गाडीको अगाडिबाट गोली हानिएको थियो । गौचनमाथि तीनओटा गोली हानिएको थियो ।

एउटा गोली मुटुमा, एउटा कलेजोमा र एउटा गोली पेटमा लागेका गौचनलाई तत्काल नयाँनेश्वरस्थित सिभिल अस्पताल लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप