यी हुन् जसले गौचनमाथि गोली बर्साए (फोटोफिचर)
काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।
यसरी पक्राउ पर्नेमा राजीव स्याङतान, सिर्जे महतो, मुकेश पाण्डे, सन्तोष गुरुङ र कैलाश गुरुङ रहेका छन् ।
घटनामा संलग्न मनोज पुन, समिरमानसिंह बस्नेत, लोपसाङ लामासहित अन्य आठ फरार रहेका छन् ।
पक्राउ परेका मध्ये राजीव स्याङतानले गौचनमाथि गोली प्रहार गरेका थिए । २१ वर्षीय स्याङतान नुवाकोटका वासिन्दा हुन् ।
त्यस्तै, ३५ वर्षीया शिवजीले हतियार र मोटरसाइकलको व्यवस्थापन गरेका थिए ।
विहारका २४ वर्षीय मुकेश पाण्डेले हतियार दिलाएका थिए भने पर्साका सन्तोष गुरुङले मोटरसाइकल दिएका थिए ।
पक्राउ पर्ने मध्येका कैलाश गुरुङले पनि हत्यामा सहयोगीको भूमिका खेलेको बताइएको छ ।
गत असोज २३ गते गौचनको वानेश्वरमा दिनदहाडै गोली प्रहार गरी हत्या भएको थियो ।
काठमाडौंको शान्तिनगर, खरिबोटस्थित घरबाट निस्केर अलि पर पुगेका गौचनमाथि दुईजना व्यक्तिले गोली हानी भागेका थिए ।
गौचन चढेको गाडीको अगाडिबाट गोली हानिएको थियो । गौचनमाथि तीनओटा गोली हानिएको थियो ।
एउटा गोली मुटुमा, एउटा कलेजोमा र एउटा गोली पेटमा लागेका गौचनलाई तत्काल नयाँनेश्वरस्थित सिभिल अस्पताल लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धमा तटस्थ रहेको भन्दै ट्रम्पले दिए पुटिन र सीलाई धन्यवाद
-
अमेरिका–इरानबिच शुक्रबार प्रारम्भिक वार्ता गर्ने तयारी
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण