भारत बंगलादेशसँग पराजित : नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौँ । बंगलादेशसँग भारत पराजित भएपछि समूह एको उपविजेता बन्दै नेपाल एसीसी यू–१९ एसीया कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पराजयसँगै डिफेन्डिङ च्याम्पियन भारत भने प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिलो खेलमा बंगलादेशसँग दुई विकेटको झिनो अन्तरले पराजित भएको नेपालले त्यसयता दुई खेलमा लगातार जीत निकाल्दै अर्को चरणको यात्रा तय गरेको हो ।
नेपालले दोस्रो खेलमा भारतमाथि १९ रनको ऐतिहासिक जित निकालेको थियो भने आयोजक मलेसियालाई आज ८ विकेटले हराएको थियो ।
समूह चरणको खेलपछि नेपाल ३ खेलमा २ जीत र एक हारसहित ४ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा ३ खेलमा ३ वटैमा जित निकाल्दै बंगलादेश रहेको छ ।
उता, समूह बीबाट अफगानिस्तान विजेता र पाकिस्तान उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ ।
अब नेपालले शुक्रबार सेमिफाइनलमा किनरारा ओभलमा अफगानिस्तानको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
-
‘दिनभरि टेबुलमा बसेर काम गर्यो, एक्सरसाइज छैन, हड्डी कमजोर हुने नै भयो’
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन