बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारत बंगलादेशसँग पराजित : नेपाल सेमिफाइनलमा प्रवेश

मङ्गलबार, २८ कात्तिक २०७४, १६ : ०१
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौँ । बंगलादेशसँग भारत पराजित भएपछि समूह एको उपविजेता बन्दै नेपाल एसीसी यू–१९ एसीया कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पराजयसँगै डिफेन्डिङ च्याम्पियन भारत भने प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो खेलमा बंगलादेशसँग दुई विकेटको झिनो अन्तरले पराजित भएको नेपालले त्यसयता दुई खेलमा लगातार जीत निकाल्दै अर्को चरणको यात्रा तय गरेको हो ।

नेपालले दोस्रो खेलमा भारतमाथि १९ रनको ऐतिहासिक जित निकालेको थियो भने आयोजक मलेसियालाई आज ८ विकेटले हराएको थियो ।

समूह चरणको खेलपछि नेपाल ३ खेलमा २ जीत र एक हारसहित ४ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा ३ खेलमा ३ वटैमा जित निकाल्दै बंगलादेश रहेको छ ।

उता, समूह बीबाट अफगानिस्तान विजेता र पाकिस्तान उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ ।

अब नेपालले शुक्रबार सेमिफाइनलमा किनरारा ओभलमा अफगानिस्तानको सामना गर्नेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप