शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लतिलपुरको भट्टेडाँडामा निःशुल्क शिविर

मङ्गलबार, २८ कात्तिक २०७४, १५ : ०३
मङ्गलबार, २८ कात्तिक २०७४

ललितपुर–मेडिकल एक्सचेञ्ज इन्टरनेशनल नेपालले ललितपुरको भट्टेडाँडामा आयोजनामा गरेको निशुल्क स्वास्थ्य शिबिरमा २ सय बढीले निशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।
 
अल्का अस्पताल र  लियो क्लव अफ काठमाण्डौ अल्काको सहकार्यमा भट्टेडाँडा स्वास्थ्य चौकीमा आयोजित दुई दिन शिबिरमा स्त्री रोग तथा जनरल फिजिसियन, हाडजोर्नि तथा नशा रोग लगायत समस्या लिएर आएका बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । 

शिबिरमा सहभागी बिरामी मध्ये अधिकांस महिलाहरुमा स्त्रीसँग सम्बन्धित समस्या देखिएको आयोजक मेडिकल एक्सचेञ्ज इन्टरनेशनल नेपालकी सभापति डा. ग्रीष्मा श्रेष्ठले जानकारी दिइन् । 
 
कतिपय बिरामीमा समयमै स्वास्थ्य संस्थाको पहुँचमा नपुग्दा थप समस्या बल्झिएको पाइएको डा.श्रेष्ठले बताइन् । 

आर्थिक अभावले समयमै बिशेषज्ञ चिकित्सकको पहुँचमा आउन नसकेका सर्वसाधरण नागरिकलाई लक्षित गरि ललितपुरको बिकट मानिने भट्टेडाँडाँमा निशुल्क शिबिर आयोजना गरिएको लियो क्लव अफ काठमाण्डौ अल्काकी प्रेसिडेण्ट अल्का थापाले जानकारी दिइन् । 

शिविरमा डाक्टरहरु ग्रीष्मा श्रेष्ठ, शिखा पाण्डे, पवन मरासिनी, सुरुची श्रेष्ठ, ऋषि ताम्राकार लगायतको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप