बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दोस्रो चरणको चुनावलगत्तै एमाले–माओवादी एकीकरण हुन्छ : माधव नेपाल

मङ्गलबार, २८ कात्तिक २०७४, १४ : ५८
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौं– एमाले नेता माधवकुमार नेपालले मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन लगत्तै एमाले–माओवादी पार्टी एकीकरण हुने बताएका छन् । बाम गठबन्धनले काठमाडौमा मंगलबार गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले बाम गठबन्धनको अवसर एक जुगमा एक पटकमात्र आउने भन्दै यो अवसर गुमाउन नहुने बताए । ‘यस्तो अवसर एकपटकमात्र आउछ सधै आउदैन, यो अवसर गुमाउनु हुदैन, राष्ट्रियता ,स्वभिान र सम्बृद्धि कम्युनिष्टमात्रै सम्भव छ ।’
 कांग्रेसले २०५१ सालमा पनि कम्युनिष्टले मान्छे मार्छन् भनेर भ्रम फैलाएको भन्दै नेता नेपालले कांग्रेसले छरेको भ्रममा नपर्न आग्ह गरे । ‘ बाम गठबन्धन र पार्टी एकता हुनेभएपछि कांग्रेसले अनाबाश्यक हल्ला गरेको छ , कम्युनिष्टले रुन पनि  दिदैनन् भनेको छ । भ्रममा नपर्नुस् । ’
सम्बृद्धि भएपछि रुनु नपर्ने तर्क गर्दै उनले कांग्रेसले प्रजातान्त्रको जामा पहिरिरहेको तर त्यो जामा गाणेशमान र कृष्णप्रसाद  भट्टराईलाई हेरे प्रश्ट हुने बताए । 
कम्युनिष्टहरुले पुँजिको राष्ट्रियकरण नगर्ने भन्दै उनले समुन्नत समाज र भ्रष्टचारमुक्त शासन व्यवस्थाको परिकल्पना गरेको बताए ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप