मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ब्रोइलर कुखुरामा प्रयोग गरिने एन्टिवायोटिक मानव स्वास्थ्यका लागि कति हानिकारक ?

मङ्गलबार, २८ कात्तिक २०७४, १४ : ५५
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौं– ब्रोइलर कुखुरामा प्रयोग गरिने एन्टिवायोटिक मानव स्वास्थ्यको लागि हानिकार हुने तथ्य सार्वजनिक भएको छ  । ‘प्रसिडिङ्ग्स अफ द नेशनल एकेडेमी अफ साइन्सेस्’ नामक अमेरिकी जर्नलमा प्रकाशित अध्ययनले एन्टिवायोटिक प्रयोग गरेको ब्रोइलरको मासु खाँदा मानव स्वास्थ्यमा प्रतक्ष्य असर गर्ने उल्लेख गरिएको छ । 

ब्रोइलरलाई रोगबाट बचाउनको लागि एन्टिवायोटिक खुवाइने र त्यसबाट कुखुरामा एन्टिवायोटीक प्रतिरोध शक्ति पैदा हुँदै जाने हुन्छ । त्यस्तो मासु सेवन गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने बुझिएको छ । 

नेपाल र भारतमा धेरै बढी ब्रोइलर व्यवसाय रहेको हुँदा समस्या पनि दुई देशमा बढी देखिएको छ । कुखुराको मासु खादा मानिसमा एन्टीबायोटिक विरोधी क्षमता वृद्धि हुँदै जाने र  मानिसले बिरामी पर्दा प्रयोग गरिने औषधिले काम कम गर्ने अथवा कामै गर्न नसक्ने अवस्था सम्म पुग्न सक्ने पनि अध्ययनमा भनिएको छ । औषधिले काम गर्न नगर्ने समस्या  ब्रोइलरमा प्रयोग गरिने एन्टिवायोटीक बाट हुन्छ ।   

जसले गर्दा समयमा औषधिले काम नगर्दा मानिसको मृत्यु हुन सक्ने सम्भावना पनि हुन्छ । अध्ययन अनुसार नेपाल यसको बढी जोखिमा पर्ने देश हो ।  

पशुस्वास्थ्य निर्देशनालयकी प्रमुख डा. सम्झना काफ्लेले  ब्रोईलरमा प्रयोग गरिने एन्टिवायोटिक, ब्याक्टेरिया अथवा रोग लगाउने कारक तत्वलाई मार्नको लागि प्रयोग गरिने औषधि भएको बताइन् ।  उनका अनुसार यस्तो औषधि प्रयोग गरेको ब्रोइलरको मासु सेवन गर्दा स्वास्थ्यमा असर गर्ने देखिन्छ । मानिसमा बिरामी परेपछि मात्रै एन्टिवायोटिक प्रयोग गरिन्छ भने पशुमा शारिरीक अभिवद्धि गराउनको लागि पनि एन्टिबायोटीक प्रयोग गर्नुपर्ने हुन्छ । 

औषधिमा पनि रोग प्रतिरोधत्मक क्षमताको समय हुन्छ । त्यो समय नसकिई ब्रोईलर बजारमा आउने हुँदा त्यस्ता ब्रोईलरको मासु सेवन गर्दा बढी मात्रमा मानव स्वास्थ्यमा असर गर्ने उनको भनाई छ ।

नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार नेपालमा बार्षिक ११ करोड भन्दा धेरै ब्रोइलर उत्पादन हुदै आइरहेको छ । उपत्यकामा मात्रै दैनिक ३ लाख ब्रोइलर खुकुराको मासु खपत हुने गरेको महासंघको भनाई छ । 

सरकारले कुनै पनि दानाहरुमा ग्रोथ प्रमोटरको रुपमा एन्टिवायोटिक प्रयोग गर्नमा रोक लगाएको भएपनि कार्यान्वयन भएको पाइँदैन   । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप