नेपाल र युएईबीच श्रम सम्झौताको तयारी
काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स ९युएई०बीच द्विपक्षीय श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ ।
श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले केही प्राविधिक विषयमा दुई देशबीच सहमति भए केही दिनमै सम्झौताको टुंगो लाग्ने जानकारी दिए ।
उनले भने, “हामीले पठाएको श्रम सम्झौताको खाकामा युएईले आफ्नो धारणासहित परिमार्जनको खाका पठाएको छ, हामी अध्ययनकै क्रममा छौँ ।”
युएईले पठाएको खाकाबारे श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्ययन गरिरहेको छ । गत महिना जोर्डनसँग भएको श्रम सम्झौताअनुरुपकै खाकामा युएईसँग पनि सम्झौताको तयारी भइरहेको छ ।
सम्झौतामा कामदारको हक, अधिकार, कार्यक्षेत्रको अवस्था, कार्यअवधि, बीमा, न्यूनतम तलब, आपूर्ति प्रक्रियालगायतका विषय समावेश हुनेछ । युएईसँग हुने सम्झौतामा साधारण कामदारका साथै घरेलु कामदारको विषयमा समेत छुट्टै सम्झौता गर्ने तयारी भइरहेकोे प्रवक्ता आचार्यले जानकारी दिए ।
सम्झौतामा युएईमा रोजगारीका लागि जाने नेपाली कामदारलाई निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्था उल्लेख गरिने छ । सुरक्षित र मर्यादित श्रम तथा कामदारको हकअधिकारसम्बन्धी अन्तरराष्ट्रिय मापदण्डलाई पालन गर्न सम्झौताले सहयोग पुग्नेछ ।
नेपालले रोजगारीका लागि १०८ मुलुक खुला गरे पनि हालसम्म कतार र जोर्डनसँग मात्रै द्विपक्षीय श्रम सम्झौता गरेको छ । बहराइन, दक्षिण कोरिया, युएई र इजरायलसँग श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड