शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

समानुपातिक उम्मेदवार महिला भन्छन् ‘प्रत्यक्षमा दाबी गर्यौँ, समानुपातिकमा थन्क्याइयो’

मङ्गलबार, २८ कात्तिक २०७४, १४ : ३६
मङ्गलबार, २८ कात्तिक २०७४

लक्ष्मी भण्डारी 

सुर्खेत । जिल्लादेखि केन्द्रीयस्तरसम्म राजनीतिमा सक्रिय सहभागितामा रहनुभएकी नेकपा माओवादी केन्द्रकी सीता नेपालीको प्रत्यक्षतर्फ चुनाव लड्ने चाहना थियो । 

सोही चाहनाअनुरूप उहाँले प्रत्यक्षबाटै प्रदेशसभाको चुनाव लड्नको लागि दाबी पनि गर्नुभएपनि अन्ततः उहाँलाई समानुपातिकमा लगेर थन्क्याइयो । कारण थियो वाम गठबन्धनका कारण सिटको भागबण्डा नमिल्नु । 

“प्रत्यक्षबाटै चुनावमा लड्ने क्षमता भए पनि गठबन्धनका कारण भागबण्डा नपुगेर समानुपातिकमा पार्टीले उठाएको छ’’ नेपालीले भन्नुभयो, “भागबण्डा परेका सिटमा पनि महिलालाई दिइएन ।” 

विसं२०४६ देखि विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु गर्नुभएकी नेपाली पार्टीमा जिल्ला सदस्य, एरिया सेक्रेटरी, महिला संगठनको विभिन्न संगठनमा आबद्ध रहनुका साथै दलको सचेतक र पोलिटब्यूरो सदस्यसमेत भएर सक्रियरूपमा काम गर्नुभएको थियो । त्यसैगरी २०७० सालको दोस्रो संविधानसभामा उहाँ समानुपातिकबाट उम्मेदवार हुनुभएको थियो । 

नेकपा ९एमाले०की पद्मा खड्का पनि पार्टीको समानुपातिकबाट उम्मेदवार बन्नुभएको छ । “प्रत्यक्षमा लड्ने चाहना थियो तर समानुपातिकमा उठाए” उहाँ भन्नुहुन्छ, “अझै पनि पुरुष नेतृत्वले हामीमाथि विश्वास गर्दैन ।” 

पच्चिस वर्षदेखि विद्यार्थी संगठनबाट राजनीतिक यात्रा शुरु गर्नुभएकी उहाँ विभिन्न कमिटीमा आबद्ध हुनुका साथै जिल्ला कमिटीको साथै अखिल नेपाल महिला संघमा पनि नेतृत्व सम्हाल्दै आउनुभएकोे छ । जिल्लामा आफूभन्दा अगाडिका केन्द्रीयस्तरका नेतृत्व सम्हालेका पुरुष भएका कारण पनि महिलालाई प्रत्यक्षतर्फ जाने आँट नभएको उहाँ बताउनुहुन्छ । 

एकातिर महिलामा आँट नहुनु र अर्कोतर्फ पुरुष नेतृत्वले पनि विश्वास नगरेका कारण पनि सुर्खेतमा प्रत्यक्षतर्फ महिला उम्मेदवार आउन नसकेको देखिन्छ । त्यसैगरी समानुपातिकमा सहजै सिट सुरक्षित देखेर पनि कतिपय महिला उम्मेदवार समानुपातिक मै आकर्षित देखिन्छन् । 

आफूभन्दा अग्रज पुरुषको नेतृत्व भएका कारण प्रत्यक्षमा भन्दा समानुपातिकतर्फ नै आफ्नो चाहना भएको नेपाली काँग्रेस समानुपातिककी उम्मेदवार पार्वती धौलाकोटीले बतानुभयो । “प्रत्यक्षतर्फ उठ्नलाई पार्टीमा ठूलो योगदान दिनुपर्छ र केन्द्रसम्मको पहुँच हुनुपर्छ’’ उहाँले भन्नुभयो, “पार्टीमा तपाईंहरू समानुपातिकमा उठ्नुहोस् र प्रत्यक्षतर्फ अरुले नै नेतृत्व गर्नुहुन्छ भनेपछि हामीले पनि स्वीकार ग¥यौँ ।” 

सुर्खेतमा प्रदेश र प्रतिनिधिसभाका छ सिटका लागि ५९ जनाको मनोनयन दर्ता भएको छ तर प्रदेश र प्रतिनिधिसभाका लागि वाम गठबन्धन र नेपाली काँगे्रसबाट एकजना पनि महिला उम्मेदवार परेका छैनन् । राष्ट्रिय जनमोर्चा, मजदुर किसान पार्टी र विवेकशील साझा पार्टीले भने महिला उम्मेदवार पनि उठाएका छन् । साना दलबाट जिल्लामा चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा र प्रदेशसभातर्फ दुई÷दुईजना महिलाको उम्मेदवारी परेको छ । 

समानुपातिकतर्फ जिल्लामा १६ सिटका लागि विभिन्न दलले ५० प्रतिशत महिला उम्मेदवार बनाएका छन् । सुर्खेतसँगै प्रदेश नम्बर ६ का १० जिल्लामा प्रत्यक्षतर्फ महिला उम्मेदवार छैनन् । 

वाम गठबन्धनका कारण सिटको भागबण्डा नमिल्नु, राजनीतिमा सक्रिय महिला नहुनुका साथै कतिपय अवस्थामा महिला आफैँले आँट नगर्नु र आँट गरे पनि पुरुष नेतृत्वले विश्वास नलिनुका कारण प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी छैन् । 

यता दलहरूबाट पनि समानुपातिकतर्फ नै महिलालाई विशेष जोड दिइएको भनाइ आएको छ । नेपाली काँग्रेसका जिल्लासभापति एवं प्रदेशसभातर्फ क्षेत्र नम्बर २ ‘क’का उम्मेदवार कमलराज रेग्मीले प्रत्यक्षतर्फ भन्दा पनि समानुपातिकतर्फ नै महिला नेतृको चाहाना देखिएको बतानुभयो । रेग्मी भन्नुहुन्छ “राजनीतिमा नै महिला कम छन् र भएका पनि समानुपातिकमै आकर्षित देखिए ।” 

महिला समानुपातिकतर्फ आकर्षित भएका कारण नै समानुपातिकबाटै उम्मेदवारी दिन लगाएको एमालेका जिल्ला अध्यक्ष एवं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार धु्रवकुमार शाही बताउनुहुन्छ । “शीर्ष तथा क्षमता भएका नेतालाई पालो दिनुप¥यो” उहाँ भन्नुहुन्छ । 

यता नेकपा माओवादीका केन्द्रका कृष्ण जिसीले पार्टीले सहजीकरण नगरेका कारण महिलाले प्रत्यक्षबाट उम्मेदवार बन्न नपाएको बतानुहुन्छ । “पार्टी कमिटी नै महिलालाई अगाडि बढाउन नचाहेको देखिन्छ” उहाँ भन्नुहुन्छ “सिनियर र क्षमता भएका महिला नेतृत्व समानुपातिकमै बस्न मन गरे तर जुनिएरलाई पार्टीले अगाडि बढाउन खोजेन ।” 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप