मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेबाट कछुवा तस्करीमा संलग्न एक पक्राउ

मङ्गलबार, २८ कात्तिक २०७४, १४ : ३४
मङ्गलबार, २८ कात्तिक २०७४

काभ्रे– जिल्ला वन कार्यलयले चारवटा कछुवासहित एक जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा सुनसरी जिल्ला इनरुवा बस्ने ३५ बािर्षय ग्रिजलाल मगर रहेका छन् । कोशी व्यारेजबाट चार कछुवा लिएर स्कुटरमा आउँदै गरेका मगरलाई  काभ्रेको मंगलटारबाट प्रहरीले पक्राउ गरेर जिल्ला वन कार्यलयलाई बुझाएको हो ।
जिल्ला वन कार्यलयका प्रमुख प्रेम खनालका अनुसार मगरलाई राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन अन्तर्गत कार्वाही हुनेछ । कछुवाको ओसार पसार तथा तस्करी गर्नेलाई प्रयोग गरिएका सवारी साधन जफत गरी २० हजार जरीवना र ६ महिना कैद हुने कानूनी व्यवस्था छ । 
मगरको साथबाट तिनथरी जातका कछुवा बरामद भएका थिए । मगरले पाङहुरा टेक्टा, पाङहुरा समृती र पाङहुरा समृतिपालिनी उपजातीका कछुवा कोशीब्यारेजबाट प्रतिगोटा १ सय रुपैयाँमा किनेर काठमाडौं लान लागेका थिए । आफू बस्ने घरमा एक्युरियममा कछुवालाई पालेर सजाउनका लागि आफूले कछुवा किनेर ल्याएको मगरले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप