बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ग्याङ्ग अफ डस्टर्सको सशक्त यात्रा : १४०० किलोमिटर यात्रा लखनउबाट नेपाल प्रवेश

मङ्गलबार, २८ कात्तिक २०७४, १४ : २९
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौं– नेपालमा द्रूत गतिमा अगाडि बढिरहेको अटोमोबाइल ब्राण्डको साहसिक यात्रा समुदाय ग्याङ्ग अफ डस्टर्सले नेपालमा पहिलो पटक यात्रा शुरु गरेको छ । ९ दिने प्रसिद्ध सशक्त यात्रा करिब १४०० किलोमिटरको हुनेछ । 

लखनउबाट कात्तिक २४ गते शुरु भएको यात्रा गोरखपुर हुँदै नेपाल प्रवेश गरेर काठमाडौंको यात्रा पुरा गरिसकेको छ । अव चितवन, पोखरा र लुम्बिनी हुँदै यात्रारत सहभागीहरु पुन लखनउ पुग्नेछन् ।

सन् २०१७ रेनो इण्डियाको ग्यांङ्ग अफ डस्टर्सको भारतमा सफलताको चौथो वार्षिकोत्सव पनि हो । ग्यांङ्ग अफ डस्टर, रेनो इण्डियाले शुरु गरेको एउटा विशेष अभियान जसले डस्टर धनीहरुलाई साहसिक यात्राहरु, कठिन तथा रोमाञ्चक भूगोलहरुको यात्रा गराउने र विकट क्षेत्रहरुको यात्रा गराउँदै एकआपसमा जोड्ने बताइएको छ । 

ग्यांङ्ग अफ डस्टर्स डस्टर धनीहरुलाई रेनो परिवारमा सामेल गराउने एउटा उत्कृष्ट माध्यम हो भने सदस्यहरुका माझमा सम्बन्ध निर्माण गर्ने माध्यम पनि हो । ग्यांङ्ग अफ डस्टर्समा अहिले सम्म १,००,००० भन्दा बढि सदस्यहरु सहभागी भईसहेका छन् जून भारतमा चार पाङग्रे गाडीको साहसिक यात्रा समुदायमा सबैभन्दा ठूलो समुदाय हो ।

एडभान्स अटोमोबिल्स प्रालि (रेनोको नेपालमा व्यवसायीक पार्टनर) का प्रबन्ध निर्देशक निकुन्ज अग्रवालले नेपालमा पहिलो पटक भारतका विभिन्न स्थानबाट सहभागी ग्यांङ्ग अफ डस्टर्स सदस्यहरुको २४ वटा डस्टर सहितको लस्कर नेपाल आएका बताए ।

के हो ग्यांङ्ग अफ डस्टर्स ?
रोमाञ्चकारी, साहसिक तथा अन्वेषणसँग सम्बन्धित हुँदै, रेनो इण्डियाको ग्यांङ्ग अफ डस्टर्सले उपभोक्ताहरु र उनीहरुको परिवारहरुलाई देशभर रेनो टिमका साथमा लामो अवधिको यात्रा गराउन उत्साहित गराउँछ । भारतको सबैभन्दा मनपराईएको एसयूभीमा निकै चुनौतीपूर्ण भौगोलिक क्षेत्रहरु पार गर्न सक्ने क्षमता छ । ग्यांङ्ग अफ डस्टर्सले यात्रा गर्न रुचाउनेहरुका लागि अतुलनिय र अप्रतिस्पर्धात्मक मोटरीङ्ग अनुभव गराउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप