कपिलवस्तुमा बस दुर्घटना, ९ घाइते, २ को अवस्था गम्भीर

person access_timeकात्तिक २८, २०७४ chat_bubble_outline0

कपिलवस्तु– कपिलबस्तुको गोरुसिंगेमा भएको बस दुर्घटनामा ९ जना घाईते भएका छन् । चन्द्रौटाबाट बुटलव आउँदै गरेको लु.१ ख ६१३३ नम्बरको बस बुद्धभुमि नगरपालिका–२ गोरुसिङ्घे जंगल कुन्द्रेखोला नजिक मंगलबार दिउँसो १ बजे पल्टिएको हो । 
दुर्घटनामा घाइते भएका ७ जना यात्रुको सामुदायिक अस्पताल जितपुरमा उपचार भईरहेको छ । 
घाइतेमध्ये दुई जनाको अबस्था गम्भिर रहेकाले थप उपचारका लागि बुटबल रिफर गरिएको ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक मनोहर श्रेष्ठले बताए ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ