बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामाथि नेपालको सानदार जीत : साहले छक्का हान्दै जीत दिलाए

मङ्गलबार, २८ कात्तिक २०७४, १३ : ३९
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौँ । एसीसी यू १९ एसिया कपको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि आठ विकेटको शानदार जित हासि गरेको छ ।

मलेसियाले  प्रस्तुत गरेको ४६ रनको झिनो लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर हासिल गरेको हो ।

ओपनर अनिल कुमार शाहले अन्तिम बलमा छक्का हान्दै नेपाललाई जीत दिलाए ।

राम्रो रन रेट अवश्यक भएको बेला नेपाल निकै आक्रमक खेल प्रदर्शन गरेको थियोे । ओपनर अनिल कुमार शाहले १५ बलमा २६ रन बनाए । यस क्रममा उनले ३ छक्का र १ चौका हिर्काए ।

ओपनर आसिफ सेख आउट भएपछि मैदानमा आएका कप्तान दीपेन्द्र सिंह ऐरीले पाँचौ ओभरको तेस्रो र चौँथो बलमा लगातार दुई छक्का हिर्काए । तर, अर्को बलमा उनी आउट भए ।

यसअघि वर्षाको कारण २४ ओभरमा छोट्याइएको खेलमा मलेसियाले मात्र १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनाएको थियो  ।

बेयुमास ओभलमा भएको नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो ।

ओभर छोट्याएपछि मलेसियाले खेलमा निकै आक्रामक शुरुवात गरेको थियो । ५ ओभर सकिँदासम्म मलेसियाले ३० रन पूरा गरिसकेको थियो । 

तर, अनिल कुमार शाहले छैटौ ओभरमा विरन्दीप जगजित सिंहलाई आफ्नो शिकार बनाएपछि मलेसियाको नाटकीय पतन शुरु भयो ।

३३ रनको स्थितिमा पहिलो विकेट गुमाएको मलेसियाले सातौँ ओभरमा कुनै पनि रन नजोडी थप दुई विकेट गुमाउन पुग्यो । कप्तान दीपेन्द्र सिंह ऐरीले मेडेन ओभर फाल्दै २० रन बनाएर आक्रमक खेल खेलिरहेका मलेसियाका सादेद अजिज मुबारक र सौविन्दर सिंहलाई पभेलियन फर्काए ।

आठौँ ओभरमा सन्दीप लामिछानेले मोहमद हफिज खैरलाई आउट गरे भने १० औँ ओभरमा महोहमद आरिफ युसुफलाई शुन्य रनमा आउट गरे ।

शहाब आलमले ११ औँ ओभरमा दुई विकेट लिएपछि मलेसिया ४० रन बनाउँदा ७ विकेट गुमाउन पुग्यो । १२ औँ ओभरमा सन्दीपले थप दुई विकेट लिए ।

लामिछानेले खेलमा ४.३ ओभर बलिङ गर्दै मात्र ८ रन खर्चिएर ५ विकेट लिए ।

दीपेन्द्र र आलमले २–२ विकेट लिए ।

अब नेपाल सेमिफाइनलमा सहजै प्रवेश गर्छ वा गर्दैन भन्ने भारत र बंगलादेशबीचको खेलले निर्धारण गर्नेछ । समूह एमा आज भारतले बंगालदेशलाई पराजित गरेको खण्डमा तीन टोलीको समान चार अंक हुनेछ । यसमा रन रेट महत्वपूर्ण हुनेछ । तर, बंगालदेशले भारतलाई पराजित गरे नेपाल स्वतः अर्को चरणमा पुग्ेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप