बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेता शेरधन राईको बयान : ममाथि यसरी आक्रमण भयो (अडियोसहित)

मङ्गलबार, २८ कात्तिक २०७४, ११ : ३५
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौं– नेकपा एमालेका नेता तथा  भोजपुर प्रदेशसभाका उम्मेद्वार नेता शेरधन राईलाई लक्षित गरेर भोजपुरमा बम आक्रमण भएको छ  । 

भोजपुर सदरमुकामबाट ट्याम्केमैयु गाउँपालिका वडा ८ का चुनावी सभाको लागि जादै गर्दा दलगाउँ र कोटको वीचमा पिखुवा खोलमा १४÷१५ जनाको समहूले गाडीमाथि बम हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनामा राई सकुशल रहेको तर उनका अंगरक्षक प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटाको हातमा चोट लागेको छ । बम प्रहारबाट बा १५ च ५६०८ नम्बरको गाडीमा क्षति भएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको घटनामा संलग्नता रहेको हुनसक्ने  प्रहरीको आशंका छ ।  

घटनापछि रातोपाटीका मनोज भुजेलले पूर्व सञ्चारमन्त्री शेरधान राईसँग कुराकानी गरेका छन् । यस्तो छ उनको बयान :

म निर्धारित कार्यक्रम अनुसार टम्के मयुँ गाउँपालिकामा रहेको चुनावी सभामा जाँदै थिएँ । हाम्रो कार्यक्रम आज दिउँसो १२ बजे गोगने भन्ने ठाउँमा थियो । त्यही

कार्यक्रममा जाँदै गर्दा हामी दलगाउँ र कोटको बीचमा पिखुवा भन्ने ठाउँ, जुन, गुम्बाभन्दा एक किलोमिटरमाथि पर्छ । त्यहाँ माओवादी केन्द्रका नेताहरु चढ्नुभएको गाडी १५ मिनेट अगाडी पास भएको थियो । म त्योभन्दा पछाडी थिएँ । 

मेरो सुरक्षामा एक जना पिएसओबाहेक कोही हुनुहुन्न थियो । कलाकारहरुको तीन वटा गाडी थियो । अगाडी बाइकहरु पनि थिए । उनीहरु क्रस पनि भइसकेका थिए ।

त्यहाँ पुगेपछि मेरो गाडीमा बम र गोली प्रहार भयो । गाडीको अगाडीको भाग ध्वस्त भएको छ ।

त्यो एम्बुस थिएन, बम नै प्रहार गरिएको हो । त्यसपछि गोली पनि प्रहार भयो ।

उनीहरु तीनदेखि ५ जनाको समूहमा थिए भन्ने छ । घटनामा प्रहरी सहायक निरीक्षक घाइते हुनु भएको छ । वहाँलाई बमको छर्रा लागेको छ ।
घाइते अवस्थामा नै वहाँले फायरिङ गर्नुभयो । त्यसपछि आक्रमणकारीहरु भागे ।

घटना भएको स्थान जंगल नजिक छ र भिरालो पनि छ ।

सुरक्षा निकायलाई घटनाबारे खबर भइसकेको छ । वहाँहरु आउन अलिकति समय लाग्ने बताउनु भएको छ । हामी भएको ठाउँ आइपुग्नसदरमुकामबाट एक डेढ घण्टा लाग्छ । अहिले हामी सुरक्षित स्थानमा नै छौँ । 

यो आक्रमणलाई हाम्रो पार्टी, गठबन्धन र मैले गम्भिर रुपमा लिएको छु । विगत १०–१५ देखि म यो जिल्लामा नैतिकताको राजनीति गर्दै आइरहेको छु । म इमान्दार मान्छे हुँ । मेरो राजनीतिक जीवनमा मैले अहिलेसम्म कुनै पनि प्रश्न उठाउने ठाउँ राखेको छैन । जिल्लामा स्वच्छ छवि भएको नेताको पहिचान छ । प्रदेशकै मुख्यमन्त्रीको रुपमा मेरो दाबेदारी रहेको छ ।

यस्तो अवस्थामा मेरो र बाम गठबन्धनको लोकप्रियताबाट आत्तिएर आपराधिक समूहबाट अभिप्रेरित भएर मलाई मुख्यमन्त्री हुनबाट रोक्न आक्रमणको प्रयास भएको छ । मलाई भौतिक रुपबाट सिध्याउन, यो सुनियोजित आक्रमण हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप