शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकन महिला नेपाली पहिरनमा

मङ्गलबार, २८ कात्तिक २०७४, ११ : ००
मङ्गलबार, २८ कात्तिक २०७४

अमेरिका–  गत नोभेम्बर ११ मा अमेरिकाको न्यु जर्सीमा रातो सारीमा सजिएका महिलाहरुको निकै भिभाड थियो । किशोरीदेखि बृद्धसम्मका नेपाली र अमेरिकी महिलाको उक्त उपस्थिति हेर्न लायक देख्न्थ्यिो । अमेरिकन महिलाहरु नेपाली महिलालाई लैंगिक हिंशाबिरुद्ध ऐक्यबद्धता जनाउन रातो फरियामा सहभागि बनेका थिए । 

न्युजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’ अन्तरगत ‘हड्सन स्पीक्स’ले संचालन गरेको ‘बोलो बहन’ अभियानका क्रममा आयोजित ‘रेड सारी इभेन्ट’नामक कार्यक्रममा महिलाहरु रातो सारीमा उपस्थित भएका थिए । 

न्युजर्सीको हड्सन काउन्टी(जिल्ला)मा घरेलु र यौनहिंशाको शिकार भएका दक्षिण एसियाली महिलाहरुलाई निशुल्क सेवा प्रदान गर्ने उदेश्यले स्पीक सिस्टर अर्थात् ‘बोलो बहन’ अभियान संचालन गरिएको हो । 

बंगाली, हिन्दी, अँग्रेजी तथा नेपाली भाषामा समेत यस पटकदेखि सेवा विस्तार गरिएको छ । यसको साथै घरेलु तथा यौनहिंशाका पिडित नेपाली महिलाहरुलाई निशुल्क सहयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो । 

महिला सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मी बिष्णुमाया परियार (मानार्थ विद्यावारिधि ) नेपाली समुदायको संयोजक भएकोले उनकै पहलमा रातो रातो कार्यक्रमको आयोजना गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप