बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वीडेन संयोग : इटाली दोस्रो पटक विश्वकपमा पुग्न असफल

मङ्गलबार, २८ कात्तिक २०७४, १० : ००
मङ्गलबार, २८ कात्तिक २०७४

रोम । चार पटकको विश्वविजेता इटाली सन् १९५८ पछि पहिलो पटक विश्वकपमा छनौट हुन असफल भएको छ । 

स्वीडेनविरुद्धको प्लेअफको दोस्रो लेग गोलरहित बराबरीमा सकिएपछि समग्रमा १–० को पराजय बेहोर्दै अजुरी विश्वकपमा छनौट हुन असफल भएको हो ।

सन् १९३० को पहिलो संस्करणमा इटालीले खेल्न मानेको थिएन । सन् १९५८ मा स्वीडेनमा आयोजना भएको विश्वकपमा इटाली छनौट चरणमा सहभागी भए पनि छनौट हुन असफल भएको थियो । त्यसयता सबै विश्वकपमा इटालीले सहभागिता जनाउँदै आएको छ ।

यसपटक संयोगले फेरि स्वीडेनकै कारण इटाली विश्वकप खेल्नबाट बञ्चित बनेको हो ।

सान सिरो स्टेडियम गोलरहित बराबरीमा सकिएपछि मिडफिल्डर जाकोब जोहानसनले पहिलो लेगमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

खेलमा इटालीले ७६ प्रतिशत नियन्त्रण बनाएपनि गोल गर्न भने सकेन । इटालीका स्टेफेन एल सारावेको प्रहार स्वीडेनका गोलकिपर रोबिन ओल्सनले उत्कृष्ट बचाउ गरेका थिए ।

स्ट्राइकर सिरो इमोबाइलले थुप्रै अवसरहरु गुमाए भने पहिलो हाफमा उनको प्रहार गोललाइनबाट स्वीडेनका डिफेन्डरले क्लियनर गरेका थिए ।

इटालीले खेलअवधिभर विपक्षीको पोष्टमा २० वटा प्रहार गरे पनि त्यसले कुनै नतिजा ल्याउन सकेन । स्वीडेनले निकै रक्षात्मक खेल प्रदर्शन गर्दै इटालीलाई रोक्न सफल रह्यो ।

स्वीडेन सन् २००६ पछि विश्वकपमा पुगेको यो पहिलो अवसर हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप