गायक तिगेलाले यसरी तताए युकेको माहौल
लण्डन – एक भब्य सांस्कृतिक कार्यक्रममा गायक सुजन तिगेला लिम्बुले सागितिक वाताबरणलाई झुमझुम र उत्तेजित बनाएर वाहीवाही बटुलेका छन् ।
युकेको अक्सफोर्डमा आयोजित सांस्कृतिक कार्यक्रममा गायक तिगेलाले के सारो ब्यूटी लुँङामा ज्यू, माया पनि गरिरहुँ लाग्यो छापा पनि परिरहुँ लाग्यो, फेसबुकमा रिक्वेष्ट पठाएको, लगायत गीतहरु प्रस्तुत गरे ।
पहिलो चरणमा सुमधुर गीतहरु पस्किए भने दोस्रो चरणमा नचाउने गीतहरु प्रस्तुत गरेका थिए । पछिल्लो समय धेरै चर्चामा आउन सफल तिगेला हाईपीचका गीत गाउने नेपालका गायकहरु मध्ये अब्बल मानिन्छ । उनका ५ वटा गीति एल्बम बजारमा छन, उनी हङकङ, युके लगायतका ठाँउहरुको सांगितिक यात्रामा ब्यस्त छन् ।
किराँत याक्थुङ चुम्लुङ युकेको केन्द्रीय समिति, आसफोर्ड शाखा, फोक्स्टोन शाखा, क्यान्टवरी शाखा, केन्ट वेष्ट शाखा लगायतले सम्मानपत्र प्रदान गरेको थियो । तिगेला भन्दा केहीहप्ता अगाडि युकेमा आईपुगेका लिम्बु भाषाकी लोकप्रिय गायिका मनु नेम्बाङ र नवगायिका तारा थेवे सँगसगै कार्यक्रमहरुमा सहभागि बन्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन
-
इलाम–२ उपनिर्वाचन : उम्मेदवारको बाचा, मतदातालाई छैन आशा
-
पे–वेलका सीइओ सत्यन्द्र श्रेष्ठ पक्राउ