शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव समुह बर्दिबासले भन्यो, ‘जनताको साथमै कडा संघर्षमा जान्छौं

सोमबार, २७ कात्तिक २०७४, २० : ३४
सोमबार, २७ कात्तिक २०७४

निकेश खनाल
बर्दिबास – विप्लव नेतुत्वको नेपाल कम्युनिष्ट  पार्टीले सोमबार प्रेस विज्ञाप्ति निकालेको छ ।  पार्टीका महोत्तरी सचिव रमेश कार्कीले निकालेको  विज्ञप्तिमा बर्दिवास नगरपालिका वडा नम्बर ६, ७, ८ र १३ साविकको हाथीलेट, किसान नगर, पशुपति नगर, विजलपुराको बीचमा रहेको रातु खोलाले  कटान गरेको जग्गामा राज्यको एकतर्फी निर्णय सैनिक क्याम्प राख्ने विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।


 जनतालाई सहमतिमा नलिई फासीष्ठ शैलीमा लादिएको कुनैपनि निर्णय स्वीकार्य नहुने विज्ञप्तिमा उल्लेख छ । 

दशांै हजार जनताको उठिवास हुनेगरी हचुवामा गरिएको अलोकतान्त्रिक निर्णय खारेज गर्न सम्बन्धीत निकायलाई अपिल गरिएको अन्यथा जनताको साथ लिई सङ्र्षमा जान बाध्य हुने विज्ञप्तिमा भनिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप