शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘स्थायी सरकारले नै ल्याउँछ विकासको लहर’–मन्त्री कोइराला

सोमबार, २७ कात्तिक २०७४, २० : ३२
सोमबार, २७ कात्तिक २०७४

किरण श्रेष्ठ
तनहुँ – बामगठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं २ को (क) की उम्मेद्वार आशा कोइरालाले बामगठबन्धनको स्थायी सरकार बनेपछि विकासको लहर ल्याइने बताएकी छिन् । नेपाल सरकारको बिना बिभागगीय मन्त्री कोइरालाले शुक्लागण्डकी वडा नं ४ स्थित कालीमर्याङमा आयोजित कोणसभामा बोल्दै सो कुरा बताएकी  हुन् । मतदाताहरुलाई विश्वास्त पार्दै कोइरालाले भनिन् ‘विकास निर्माणको कुनै पनि पीरचिन्ता लिनुपर्दैन म विकास गरेर देखाउँछु ।’
 
क्षेत्र नं २ को विकास निर्माणको लागि कुनै कन्जुष्याई नगरी विकास गर्नेछु नेतृ कोइरालाले भनिन् । क्षेत्र नं २ का जनताको साथले जीत संघारमा यतिबेला कोइराला रहेको बताइएको छ । कोइराला नेपाली काङ्ग्रेसका युवा नेता प्रदीप पौडेलसँग चुनावी भिडन्तमा रहेकी छिन् । युवा नेता पौडेल पनि सो क्षेत्रमा चर्चित रहेका छन् । नेता पौडेल पनि आफ्नो चुनावी प्रचारप्रसारलाई तिब्रताका साथ अधि बढाइ रहेका छ्न ।

बाटो खन्न काँग्रेसले पठाएको डोजर कब्जामा 

     शुक्लागण्डकी क्षेत्रका नेपाली काँग्रेसले भोट देउ विकास निर्माण गर्छु भन्दै बाटो खन्न डोजर पठाएकोमा स्थानीयबासीले कब्जा गरेको बताइएको छ । चुनावलाई प्रत्यक्ष असर पार्ने गरी डोजर पठाएर विकासको नाटक गर्न खोजेकोले जनताले नै डोजर कब्जामा लिएको नेतृ कोइरालाले जानकारी दिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप