शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘फुर्के’को फष्टलुक

सोमबार, २७ कात्तिक २०७४, १९ : १७
सोमबार, २७ कात्तिक २०७४

काठमाडौं –भद्र भुजेल निर्देशित चलचित्र ‘फुर्के’को फष्टलुक सार्वजनिक भएको छ । चलचित्रका प्रस्तुतकर्ता एम.बि राउतले सामाजिक संजाल मार्फत फष्टलुक सार्वजनिक गरेका हुन् ।


फष्टलुकमा चलचित्रका तीन कलाकार देखिएका छन् । ति मध्य दुईले हातमा कुखुराको भाले लिएका छन् । फष्टलुक अनुसार चलचित्रमा कमेडी शैलीको कथा रहेको अुनमान लगाउँन सकिन्छ । चलचित्रको पोष्टर कमल श्रेष्ठले तयार पारेका हुन् । 


दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्त लगायतको अभिनय रहेको छ ।  देबेन्द्र खड्का र मानबहादुर राउत निर्माता रहेको चलचित्रको सह–निर्माता कल्पना मरहठ्ठा शाही, प्रकाश बस्नेत र आषिस रहेका छन् । चलचित्रका कार्यकारी निर्माता बखत बिष्ट हुन् ।


नबिन पन्तको लेखन, बिष्णु बरालको छायाँकन, श्रृजन बरालको नृत्य, रोशन बुधथापा र नरेन्द्र रावलको संगीत, सुवास देवकोटाको सम्पादन रहेका चलचित्र छ । सुनिल मानन्धरले बितरण गर्ने यो चलचित्र १२ माघबाट देशभर प्रदर्शनमा आउँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप