मंगलबारदेखि दशौँ दक्षिण एशियाली आर्थिक सम्मेलन हुने
काठमाडौँ । काठमाडौँमा मंगलबार देखि दशौँ दक्षिण एशियाली आर्थिक सम्मेलन हुने भएको छ ।
दक्षिण एसियाको आर्थिक सामाजिक विकासमा देखिएका समस्या बारे छलफल गर्न यो सम्मेलन हुन लागेको हो । नेपाल सरकार, राष्ट्रिय योजना आयोग वाणिज्य मन्त्रालय र साउती नेपालको आयोजनामा दशौं संस्करणको सम्मेलन हुने भएको हो ।
सोमबार राष्ट्रिय योजना आयोगले पत्रकार सम्मेलन गर्दै दक्षिण एशियाली आर्थिक सम्मेलन हुने भएको जानकारी दिएको छ । दक्षिण एसियाको विकासमा देखिएका समस्याका सम्बन्धमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र ती कार्यपत्रहरुमा बिभिन्न समूहमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा दक्षिण एसियाली मुलुकका २०० भन्दा विज्ञ प्रतिनिधिहरुको सहभागिता हुने छ ।
आगामी बिहिबारसम्म चल्ने सम्मेलनमा अन्तरक्षेत्रीय व्यापार र सम्भावना पहिल्याउने, दिगो विकासका लक्ष्यका प्राप्तिका लागि सामुहिक रणनीति बनाउने, समावेशी विकासका अवधारणाहरु, जलबायु परिबर्तन, अन्तरक्षेत्रीय लगानी, प्रकोप तथा जोखिम न्यूनीकरणजस्ता विषयमा छलफल हुने कार्य तालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा