शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही जिल्लाका कार्यालय प्रमुखनै पार्टीको झण्डाबोकी चुनावी प्रचारमा

सोमबार, २७ कात्तिक २०७४, १८ : ४६
सोमबार, २७ कात्तिक २०७४

पुनहरि बेल्बासे

रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले गरेको छड्के अनुगमनमा कार्यालय प्रमुख सहित कर्मचारीहरु कार्यालय समयमा काम छाडेर अन्यत्र गएको पाइएको छ । कार्यलयका हाकिम देखि कार्यालय सहायक स्तरका कर्मचारी चुनाव नजिकिए सँगै पार्टीका झण्डा बोकेर सेवाग्राहीलाई सेवा दिनुको सट्टा भोट माग्न हिँडेको भन्ने खबर पाएपछि जिल्ला प्रशासन कार्यलय रुपन्देहीले अनुगम शुरु गरेको थियो । जनतालाई सेवा सुविधा दिने वाचा गरि नेपाल सरकारको जागिरमा प्रवेश गरेका निजामति कर्मचारी कार्यालयलाई जानकारी नदिई सेवा बन्द गरेर आफ्नो निजी स्वार्थको लागि हिँड्ने गरेका छन् । 

जिल्ला पशु सेवा कार्यालय रुपन्देहीका प्रमुख डा. विनय कुमार कर्ण कात्तिक २२ गते देखि अफिसमा हाजिर छैनन् । सोही कार्यलयका खेम प्रसाद पौडेल कात्तिक २४ गते देखि र शिवनारायण हरिजन कात्तिक १६ गते देखि नै हाजिर छैनन् । उनीहरुको कुनै जानकारी बिना आफू खुशी बिदा लिएका छन् । 

जिल्ला शिक्षा कार्यालय रुपन्देहीका बिनी हरि बहादुर बिष्टको नत हाजिरी नत स्वयम् उपस्थित छन् । पशुसेवा क्वारेन्टाइन कार्यालयका प्रमुख प्रवेश शर्मा को पनि कात्तिक २६ गते देखि उपस्थिति छैन । क्षेत्रीय प्लाण्ट क्वारेन्टाइनका प्रमुख बृजकिशोर उपाध्यायको कात्तिक २२ गते देखि अनुपस्थित छ । भैरहवा भन्सार कार्यालयका कार्यालय सहायक ललिता देवी खड्का, उत्तम बहादुर बिष्ट पनि कार्यालयमा उपस्थिति छैन । नापी कार्यालय भैरहवाका सर्वेक्षक कृष्ण प्रसाद शर्मा, हरि बहादुर खत्री, जुठे थारु को पनि उपस्थिति छैन । त्यस्तै मालपोत कार्यालय भैरहवाका नासु माधब प्रसाद शर्मा, शिव शर्मा पौडेल, कम्प्युटर अप्रेटर रामहृदय यादव, रामदिप पाल पनि कात्तिक २६ गते देखि कार्यालय आएका छैनन् । घरेलु कार्यलयका लेखा अधिकृत राम प्रसाद पाण्डे पनि कार्यालयमा उपस्थिति छैन । भने सहजकर्ता अनन्त पन्थी गत १७ गते देखि बिना जानकारी बिदा बसेका छन् । 

त्यस्तै इलाका प्रशासन कार्यालय बुटवलले गरेको अनुगमनमा यातायात व्यवस्थापन तथा सवारी अनुमति कार्यालयका कम्प्युटर अप्रेटर टुकराज गौडेल, इन्दिरा खरेल, अमित कुमार चौधरी र कार्यालय सहायक नारायण प्रसाद पाण्डे पनि आफू खुशी कार्यालयलाई जानकारी नदिइ बिदा बसेका छन् । यातायात व्यवस्थापन कार्यालय सवारीका कार्यालय सहायक गोपाल श्रेष्ठ पनि कार्यालयलाई जानकारी नगराई बिदा बसेको इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख राजेश पौडेलले जानकारी दिए । अनुगमनका क्रममा भेटिएका कुनै पनि कर्मचारीले कार्यालयसँग बिदा नलिई आफू खुशी बिदा बसेका छन् ।

कार्यालय समयमा आउने, ड्रेस लगाउने, परिचय पत्र र सरसफाई बारेमा गरिएको अनुगमनमा कार्यालय प्रमुख सहित अन्य कर्मचारी अनुपस्थिति रहेका कर्मचारीलाई स्पष्टिकरण लिने र निजामति सेवा ऐन तथा नियमावली बमोजिम कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी शम्भू प्रसाद रेग्मीले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप