बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जापान एयरलाइन्सको नेपालबाट कार्गो सेवा

सोमबार, २७ कात्तिक २०७४, १८ : ३६
सोमबार, २७ कात्तिक २०७४

काठमाडौं– जापान एयरलाइन्सले नेपालवाट कार्गो सेवा सुरुवात गरेको छ । हाल विभिन्न आधुनिक विमान मार्फत  विश्वका ९२ वटा गन्तव्यमा आफ्नो सेवा प्रदान गरिरहेको   जापान एयरलाइन्सले नेपालका लागि स्टारलाईट एक्सप्रेसलाई जेएसएको रुपमा लिएको छ । 


स्टारलाईट एक्प्रेस्का प्रवन्ध निर्देशक सुन्दर दाहालले यस सेवाले नेपाल र जापान वीचको दुई देशीय आर्थिक सहयोगमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।
व्यवसायिक सुद्धता र इथिकस्लाई मूख्य आधार बनाएर यसले आफ्नो सेवाको सुरुवात गरेको जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

‘यसले हाल नेपालवाट दिल्लीसम्म नेपाल एयरलाईन्स र दिल्लीवाट जापानसम्म जापान एयरलाइन्स मार्फत हरेकदिन कार्गो सेवा उपलब्ध गराउदै आएको छ ।’ 


उच्चस्तरी सेवा र सुविधा  सहित सेवा विस्तार गरिरहेको जापान एयरलाइन्सको दर–रेट अहिले वजारमा चलिआएको दर–रेट भन्दा कम रहेको पनि कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप