राजसंस्था र हिन्दुराष्ट्र होइन, विकासका एजेण्डा बोकेर ५० हजार मत ल्याएर जित्छु : राजेन्द्र लिङ्देन
झापा । झापा क्षेत्र नम्बर तीनका उम्मेदवार राजेन्द्र लिङ्देनले राजसंस्थाको मुद्दा छोडेर विकासको मुद्दालाई अघि सारिएको बताएका छन् ।
राप्रपाका महामन्त्रीसमेत रहेका लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि हुने चुनावमा आफ्नो दलले राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डालाई भन्दा विकासका एजेण्डालाई प्राथमिकता दिएको बताए ।
यसपटकको चुनावमा जनताले राजनीतिक मुद्दाभन्दा पनि विकासका एजेण्डा चाहेकाले आफ्नो दलले जनताको चाहनाअनुसारको एजेण्डा अघि सारेको बताए ।
जनताले विकासका एजेण्डालाई नै मतदान गर्ने उल्लेख गर्दै उम्मेदवार लिङ्देनले कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्ने दाबी गरे । विगतमा चुनाव जित्दा सिटौलाले जनताको हित हुने गरी कुनै पनि काम गर्न नसकेको आरोप लगाउँदै लिङ्देनले यसपटकको चुनावमा आफूले कम्तिमा ५० हजार मत प्राप्त गर्ने बताए ।
अरुले २० वर्षमा गर्छु भनेको काम आफूले पाँच वर्षमा सम्पन्न गर्न सक्ने दाबी गर्दै उनले जनताको चाहनाअनुसार काम गर्न नसके पाँच वर्षपछि राजनीतिबाट सन्यास लिने घोषण गरे ।
आफूलाई वाम गठबन्धनको समर्थन रहेको दाबी गर्दै लिङ्देनले सिटौलाले गलत व्याख्या गरेर एमाले माओवादीको समर्थनको हल्ला फिजाएको आरोप लगाए ।
लोकतान्त्रिक गठबन्धन गर्ने भनिए पनि सिटौलाले झापा क्षेत्र नम्ब ३ बाट उम्मेदवारी दिएकोप्रति लिङ्देनले आपत्ति जनाए ।
चुनावपछि वाम गठबन्धनमा राप्रपा पनि सहभागि भएर सरकार गठन हुने कुरालाई लिङ्देनले सम्भावनाको टोकरीमा राखे । चुनावपछि छलफल गरेर राप्रपा सरकारमा सहभागि हुने वा नहुने भन्ने कुरा टुङ्गो लगाउँछौँ – लिङ्देनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित