बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी विकास बैंकको विर्तामोड शाखा उद्घाटन

सोमबार, २७ कात्तिक २०७४, १८ : १५
सोमबार, २७ कात्तिक २०७४

झापा– गण्डकी विकास बैंकले झापाको विर्तामोडमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ । शाखाको सोमबार वैँकका अध्यक्ष जगन बहादुर गुरुङ्गले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गुरुङ्गले गण्डकी विकास बैँकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामीण र वित्तिय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाइ विशेष जोड दिदै आइरहेको वताए ।

वैकका नायव प्रमुख कार्यकारी अधिकृत  छविन्द्र शर्माले वैकको वित्तीय अवस्था, वैकले प्रदान गर्ने सेवा सुविधाको साथै विविध गतिविधीको वारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष कुमार भट्टराईले पनि बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप