गण्डकीका सुन्दरीले देखाए ट्यालेन्ट
पोखरा– एस.टी.क्रियशनको आयोजना रहेको ‘मिस गण्डकी’का प्रतियोगीले आफुमा भएको ट्यालेन्ट सो गरेका छन् । शनिबार आयोजित ट्यालेन्ट राउण्डमा १६ प्रतियोगीले आ–आफ्नो ट्यालेन्ट देखाएक हुन् ।
ट्यालेन्ट राउन्डमा प्रतियोगीले नृत्य, गायन, हाँस्यप्रहशन, अभिनय, चित्रकला र बौद्धिक कलाजस्ता प्रस्तुतिहरु प्रर्दशन गरेका थिए । प्रतियोगिताको यो राउण्डको निर्णायकहरुमा नृत्य निर्देशक राहुल थापामगर, सञ्चारकर्मी सञ्जोक बस्याल, पिएन क्याम्पसका सह प्राध्यापक मित्रबन्धु बराल, चलचित्र निर्देशक नेत्र गुरुङ र मिसेस गण्डकी निलिमा हिराचन श्रेण्ठ रहेका थिए ।
२ मंसिरमा प्रतियोगीताको अन्तिम स्पर्धा होटल पोखरा ग्रान्डमा आयोजना हुनेछ । बिबिध साँगीतिक कार्यक्रमको साथमा आयोजना हुने प्रतियोगितामा आई.एफ.सी.फेशन कलेजका १६ बिद्यार्थीले तयार पारेका ड्रेस डिजाइनमा प्रतियोगी सजिनेछन् ।
विजेताले शिर्ष उपाधीकोसाथमा स्कुटर र आर्कशक पुरस्कार जित्नेछिन्, भने फस्ट रनर अपले ७५ हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कार र सेकेण्ड रनर अपले ५० हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कार र थर्ड रनरअपले ३५ हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कारको साथै अवार्ड, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
अन्य उप–विद्यामा विभिन्न किसिमका गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजक संस्था एस.टी. क्रियशनकी निर्देशक इनिशा दुराले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतदानका दिन यी सवारी साधनलाई हुँदैन रोकावट
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त