शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कतारमा सिटिजन्स र दोहा बैंकबीच विप्रेषण सम्झौता

सोमबार, २७ कात्तिक २०७४, १६ : ३८
सोमबार, २७ कात्तिक २०७४

दोहा–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कतारको दोहा बैंकबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । कतारको राजधानी दोहामा एक भव्य कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

कतारका लागि नेपालका राजदूत रमेश कोइरालाको उपस्थितिमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र दोहा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम अब कतार, दुबई, कुवेत, भारत, जापान, सिंगापुर, दक्षिण अफ्रिका, दक्षिण कोरिया, अस्ट्रेलिया,टर्की,बेलायत,क्यानाडा,बंगलादेश, लगायतका राष्ट्रहरुबाट दोहा बैंकको विप्रे्रषण प्रणाली ( डी फास्ट) मार्फत नेपालमा पठाएको विप्रे्रषण रकम सरल र सहज रूपमा  सिटिजन्स बैंकका नेपालका शाखा र ४००० भन्दा बढी सहायक प्रतिनिधिहरु रहेको सञ्जालबाट सरल र सहज रूपमा भुक्तानी पाउन सकिनेछ ।

कार्यक्रममा कतारका लागी नेपालका राजदूत कोइरालाले यो सम्झौता हुण्डी कारोबारलाई निरुत्शाहित गर्न  कोशेढुंगाको रूपमा साबित हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा दोहा  बैंकका  प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले सम्झौता गर्न पाएकोमा खुशी व्यक्त गरे । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले यो सम्झौता कार्यान्वयनपछि नेपालको विप्रे्रषण व्यवसायलाई अझ व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप