कतारमा सिटिजन्स र दोहा बैंकबीच विप्रेषण सम्झौता
दोहा–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कतारको दोहा बैंकबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । कतारको राजधानी दोहामा एक भव्य कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
कतारका लागि नेपालका राजदूत रमेश कोइरालाको उपस्थितिमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र दोहा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता बमोजिम अब कतार, दुबई, कुवेत, भारत, जापान, सिंगापुर, दक्षिण अफ्रिका, दक्षिण कोरिया, अस्ट्रेलिया,टर्की,बेलायत,क्यानाडा,बंगलादेश, लगायतका राष्ट्रहरुबाट दोहा बैंकको विप्रे्रषण प्रणाली ( डी फास्ट) मार्फत नेपालमा पठाएको विप्रे्रषण रकम सरल र सहज रूपमा सिटिजन्स बैंकका नेपालका शाखा र ४००० भन्दा बढी सहायक प्रतिनिधिहरु रहेको सञ्जालबाट सरल र सहज रूपमा भुक्तानी पाउन सकिनेछ ।
कार्यक्रममा कतारका लागी नेपालका राजदूत कोइरालाले यो सम्झौता हुण्डी कारोबारलाई निरुत्शाहित गर्न कोशेढुंगाको रूपमा साबित हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले सम्झौता गर्न पाएकोमा खुशी व्यक्त गरे । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले यो सम्झौता कार्यान्वयनपछि नेपालको विप्रे्रषण व्यवसायलाई अझ व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा