शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साराको प्रेममा हराए निखिल

सोमबार, २७ कात्तिक २०७४, १६ : १८
सोमबार, २७ कात्तिक २०७४

काठमाडौं – करिब एक दशक अघि निर्मित ‘पिंजडा’ चलचित्र अभिनय पछि निखिल उप्रेती हिरोको रुपमा दर्शक माझ चिनिए । यसै चलचित्रको सिक्वेलको रुपमा अहिले निर्माण भएको ‘पिंजडा व्याक अगेन’मा पनि उनी नै हिरो बनेका छन् ।

सम्पुर्ण कार्यसकाएर ४ माघमा प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको ‘तिमि नि आधि, म पनि आधि..’बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । प्रेमका कुरा ब्यक्त गरिएको गीतमा अर्जुन पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ, भने संगीत अर्जुन पोखरेलले नै दिएका हुन् ।

गीतमा निखिलको साथमा अभिनेत्री सारा सिर्पाली देखिएकी छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीत रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । खासै नाच्न नजान्ने निखिललाई यो गीतमा रामजीले नचाएका छन् ।

ओम साई मौलाकालिका सिने आर्ट्स तथा ओम साई भक्त मुभिजको ब्यानरमा बनेको चलचित्र द्धन्द्ध निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् । हिमालले यस अगाडि किल्ला निर्देशन गरेको थिए । जसले दर्शकको मनछुन सकेन ।

निखिल र सारासँगै सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ, कुशाग्र भट्टराई लगायतको अभिनय छ ।  चलचित्रका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप