शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वाम गठबन्धन भत्काउन विदेशी चलखेल भयोः माधव नेपाल

सोमबार, २७ कात्तिक २०७४, १५ : ४४
सोमबार, २७ कात्तिक २०७४

कठमाडौं–एमाले वरिष्ठ नेता माधवकुमार नेपालले वाम गठबन्धन भत्काउन विदेशीहरुले चलखेल गरिरहेको बताएका छन् । 
काठमाडौं–२ को थलीमा सोमबार आयोजित वाम गठबन्धनको संयुक्त चुनाव तयारी भेलामा नेपालले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया टुटाउन विदेशीहरुले चलखेल गरिरहेको दाबी गरेका हुन् । 
‘५ वर्ष वामपन्थीको नेतृत्वमा स्थीर सरकार बन्ने र त्यसले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने निश्चित जस्तो देखिएपछि अहिले विदेशी शक्तिहरु दैनिक गठबन्धन टुटाउन सकृय देखिएका छन्,’ नेपालले भने, ‘तर हामी सबै चलखेल परास्त गरेर चुनाव सकिएलगत्तै एकीककरण प्रक्रियालाई पूर्णता दिन्छौं ।’ 
वामपन्थी एकताबाट अत्तालिएको कांग्रेसले गोयबल्स शैलीमा अधिनयाकवाद आउने भ्रमपूर्ण प्रचार गरिरहेको बताउँदै नेपालले आक्रमक बनेर प्रतिवाद गर्न कार्यकर्ताहरुलाई निर्देशन पनि दिए । ‘आफ्नै बहुमतको सरकार चलाउन नसक्ने कांग्रेसले देशलाई स्थिरतातर्फ लैजाने वामपन्थीहरुको एकताबाट अधिनायकवाद आउने बेतुकको हल्ला चलाउनुको कुनै अर्थ छैन, नेपालले भने । 
भेलामा माओवादी केन्द्रका सचिवालय सदस्य लेखनाथ न्यौपाने, पोलिटब्यूरो सदस्य प्रकाश गौतम, गठबन्धनका तर्फबाट प्रदेशसभाका उम्मेदवारद्धय सानुकुमार श्रेष्ठ र मणिराम फुयाँलले राजनीतिक स्थिरताका लागि वाम गठबन्धनलाई जिताउनका लागि क्रियाशील हुन कार्यकर्ताहरुलाई आह्वान गरे । भेलालाई शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, निर्वाचन परिचालन कमिटीकी संयोजक सरिता न्यौपानेलगायतले सम्बोधन गरेका थिए ।
यसैबीच सोमबारको भेलाले काठमाडौं २ मा २ हजार २ सय २२ सदस्यीय संयुक्त निर्वाचन प्रचार कमिटी गठन गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप