शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेस थ्रीमा नाकारात्मक भूमिकामा सलमान, सेयर गरे फस्ट लुक

सोमबार, २७ कात्तिक २०७४, १५ : ४०
सोमबार, २७ कात्तिक २०७४

मुम्बई । सलमान खानले सोमबार आफ्नो आगामी चलचित्र एक्सन सिक्वेल रेस थ्रीको फस्ट लुक सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा मात्र ‘रेस थ्री शुरु...’ भन्दै उनले एउटा तस्विर सेयर गरेका छन् ।

गत हप्तामा मात्र उनले डिसेम्बर रिलिज हुने उनको नयाँ चलचित्र ‘टाइगर जिन्दा हे’ को पहिलो ट्रेलर रिलिज गरेका थिए ।

नयाँ तस्विरमा सलमान बन्दुक बोकेर क्यामारातर्फ हेरिरहेको देख्न सकिन्छ । उनले कुनै युनिफर्म लगाएको पनि तस्विरमा देख्न सकिन्छ ।

चलचित्रको सुटिङ गत हप्तादेखि मुम्बईको मेहबुब स्टुडियोमा शुरु भएको छ । चलचित्रमा सलमानसँग ज्याकलिन फर्नान्डेज रहेकी छिन् । दुवैले यसअघि सन् २०१४ को चलचित्र ‘किक’मा काम गरेका थिए ।

अब्बास–मस्तानले चलचित्रको पहिलो दुई श्रृंखला निर्देशन गरेका थिए भने आगामी चलचित्र रेमो डिसुजाले निर्देशन गर्नेछन् ।

पहिलो दुई चलचित्रमा अनिल कपुर, सैफ अली खान, विपासा बासु र अमिसा पटेल मुख्य भूमिकामा देखिएका थिए । पहिलो संस्करणमा अक्षय खन्ना, कट्रिना कैफ र समिरा रेड्डी रहेका थिए भने दोस्रो भागमा जोन अब्राहम र दीपिका पाडुकोन पनि रहेका थिए ।

चलचत्रिमा सलमानले नकारात्मक भूमिका निभाउने बताइएको छ । यस संस्करणमा बबी देवल, साकिब सलिम आदि कलाकारहरु पनि हुनेछन् ।

यो चलचित्र ऐश्वर्य रायको ‘फन्ने खान’सँग सन् २०१८ को इदमा भिड्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप