शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लव समुहबाट खोटाङका उम्मेदवारसहित चार जनाको जग्गा कव्जा

सोमबार, २७ कात्तिक २०७४, १५ : ०३
सोमबार, २७ कात्तिक २०७४

खोटाङ–नेपाल कम्यूनिष्ट पार्टीले खोटाङमा आसन्न निर्बाचनका उम्मेदवार तथा नगरप्रमुख लगायत चार जनाको घर–जग्गा कव्जाको घोषणा गरेको छ । 

नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको उक्त पार्टीले जिल्लाबाट प्रदेशसभा (क) का कांग्रेस उम्मेदवार सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, राप्रपाका नेता चन्द्रसिं बस्नेत र उनका छोरा गिरीराज बस्नेतको घर–जग्गा कव्जाको घोषणा गरेको हो । 

सो पार्टीले घर छेउमा झण्डा गाडेर घर र जग्गा कव्जा गरेको जनाएको हो । दलाल संसदीय व्यवस्थाको मतियार बनेकाले जनताले उपभोग गर्नेगरी घर–जग्गा कव्जा गरिएको नेपाल कम्यूनिष्ट पार्टीले छाडेको विज्ञप्तीमा उल्लेख छ । 

चुनावी कार्यक्रममा हिँडिरहेकाले कव्जाका विषयमा जानकारी नभएको कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार पोखरेलले बताए । 

प्रदेशसभाका उम्मेदवार, मेयर लगायतको घर जग्गा कव्जा गर्नेको खोजी भइरहेको प्रशासनले जनाएको छ । खोजीका लागि प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप